काठमाण्डौ । बिट्क्वाइनको मूल्यमा भारी गिरावट आएको छ । अमेरिकी राष्ट्रपतिको ट्यारिफ नीतिको प्रभाव स्वरुप विश्व सेयर बजारसँगै बिट्क्वाइनको मूल्यमा समेत गिरावट आएको हो ।
क्वाइन मेट्रिक्सका अनुसार बिट्क्वाइनको मूल्य ४ प्रतिशतले घट्दै ७६ हजार २२१ डलर कायम भएको छ । यो वर्ष अधिकांश समय बिट्क्वाइनको मूल्य ८० हजार माथिनै कारोबार भएको थियो ।
गत जनवरीमा अल टाइम हाई पुगेको बिट्क्वाइनको मूल्य त्यसयता भने करिब ३० प्रतिशतले घटिसकेको छ ।
फ्ल्यागशिप क्रिप्टोकरेन्सीको कारोबार आम रुपमा ठूला टेक कम्पनीको स्टक जसरी नै हुने गर्छ र यसलाई कारोबारीहरुले बजारको सेन्टिमेन्टको आधारमा समेत हर्ने गर्छन् ।
यस्तै अन्य क्रिप्टोकरेन्सीहरुको मूल्य समेत घटेको छ । ईथर र सोलानाको मूल्य क्रमशः८ र ६ प्रतिशतले घटेको छ ।