काठमाण्डौ । बिट्क्वाइनको मूल्यमा भारी गिरावट आएको छ । आज बिट्क्वाइनको मुल्य ५ प्रतिशत अर्थात २ हजार ९०५ डलरले घटेको छ ।
यो समचार तयार पार्दा सम्म विश्व बजारमा विट्क्वाइनको मूल्य ५७ हजार १२४ डलरमा कारोबार भईरहेको छ । विट्क्वाइन यो बर्ष मार्च १० मा हालसम्मकै उच्च मूल्य प्रतिगोटा ७३ हजार ७८० डलर पुगेको थियो । आज मात्रै विट्क्वाइनमा ५ प्रतिशतको गिरावट आएको छ ।
यस्तै विश्व बजारमा अन्य करेन्सी जस्तै इथेरियम साढे २ प्रतिशत , विट्क्वाइन क्यास साढे ४ प्रतिशत , लाइटक्वाइन २.४ प्रतिशत ,एक्सआरपिको मूल्य डेढ प्रतिशतले घटेको छ ।
अमेरिकामा फेडरल रिर्जभको बैठक बस्दै गर्दा क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आएको हो । त्यहाँ स्थित आर्थिक विज्ञहरुले भर्चुअल करेन्सीबाट पूँजी पलायन भईरहेको बताईरहेका छन् । जसको प्रभाव विट्क्वाइन लगायतका भर्चुअल करेन्सीमा पर्न गएको हो ।