काठमाण्डौ । विश्वबाजारमा भर्चुअल मुद्रा विट्क्वाइन ( बीटीसी ) का लागनीकर्ता यो बर्ष मालामाल भएका छन् ।
सन् २०२१ को नोभेम्बरमा ६८ हजार अमेरिकी डलरसम्म पुगेको विट्क्वाइन त्यस पछि लगातार खसेर सन् २०२४ को जनवरीमा १७ हजार डलर सम्म झरेको थियो ।
त्यस पछि लगातार बढेको यो भर्चुअल मूद्राको मूल्य हाल विश्वबजारमा यो समचार तयार पार्दासम्म ५२ हजार ३५८ अमेरिकि डलर पुगेको छ । यस हिसावले एकै बर्षमा विट्क्वाइनका लगानीकर्ताहरुको सम्पति तीन गुणा भन्दा बढीले बढेको छ ।
यसको साथै विश्वबजारमा अन्य भर्चुअल मुद्रा इथेरिएम ,विट्क्वाइन क्यास जस्ता मुद्राको मूल्य पनि बढेको छ । विश्व बजारमा विट्क्वाइनको बजार पुँजीकरण एक ट्रिलिएन डलर रहेको छ ।
यो बजार पुँजीकरण पनि सन् २०२१ यता २ बर्ष पछिको उच्च हो । यसरी विश्वबजारमा विट्क्वाइनको मूल्य बढ्नुमा कम्जोर अमेरिकी डलर इन्डेक्स, बीटीसीको उच्च माग मूख्य कारण रहेको फाइनान्सियल टाइम्सले जनाएको छ ।