काठमाण्डौ । अमेरिक्री डलरको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस ३ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.५४ रुपैयाँ र बिक्रीदर १३६.१४ रुपैयाँ कायम भएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । यसअघि पुस २ गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.४९ बिक्रीदर १३६.०९ रुपैयाँ कायम थियो ।
यस्तै, आज एक यूरोको खरिददर १४२.१७ रुपैयाँ र बिक्रीदर १४२.८० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.०५ रुपैयाँ र बिक्रीदर १७२.८२ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५.९७ रुपैयाँ र बिक्रीदर ८६.३५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८१ रुपैयाँ र बिक्रीदर ८.८५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.९० रुपैयाँ र बिक्रीदर ३७.०७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.३५ रुपैयाँ र बिक्रीदर ३०.४८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.१८ रुपैयाँ र बिक्रीदर ३७.३४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४२ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४०.५७ रुपैयाँ र बिक्रीदर ४४२.५२ रुपैयाँ कायम भएको छ ।