काठमाण्डौ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन ७ गते)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्यमा कुनै थपघट भएको छैन ।
केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.५३ रुपैयाँ र बिक्रीदर १३३.१३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनपनि यहि मूल्यमा डलरको कारोबार भएको थियो ।
त्यस्तै आज एक यूरोको खरिददर १४२.८१ रुपैयाा र बिक्रीदर १४३.८६ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.९९ रुपैयाँ र बिक्रीदर १६७.७४ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.५७ रुपैयाँ र बिक्रीदर ८६.९६ रुपैयाँ रहेको छ ।
एक साउदी रियालको खरिददर ३५.३४ रुपैयाँ र बिक्रीदर ३५.५० रुपैयाा कायम भएको छ । एक जापानी येनको खरिददर ८.८२ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ कायम भएको छ ।