बुधबार, फाल्गुन ६,२०८२ 05:02:46
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 05:02:46
Bizshala
Global IME Bank Limited

होन्डुरसका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुन प्रतिबन्ध

होन्डुरसका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुन प्रतिबन्ध
Shivam Cement

काठमाण्डौ । होन्डुरसका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न नहुन निर्देशन दिइएको छ । केन्द्रीय अमेरिकी देश होन्डुरसको बैंकिङ नियामक‘द नेशनल बैंकिङ एण्ड सेक्युरिटिज कमिसन(सीएनबीएस)ले आफ्नो अधिनमा रहेका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुन प्रतिबन्ध लगाएको हो ।  

सीएनबीएसले यो निर्देशनलाई तत्कालै कार्यान्वयन गरिने र यसले धोकाधडी र सम्पत्ति शुद्धिकरणका घटनाहरुलाई निरुत्साहित गर्ने जनाएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सीएनबीएसले बैंकहरुलाई क्रिप्टाकरेन्सी,क्रिप्टो सम्पत्ति,भर्चुअल मुद्रा, टोकन वा केन्द्रीय बैंकद्वारा जारी वा अनुमति नदिइएका यस्तै प्रकारका सम्पत्तिहरु व्यवस्थापन,मध्यस्तता र व्यापार नगर्न बैंकहरुलाई निर्देशन दिएको हो । देशमा क्रिप्टोकरेन्सी नियमन गर्ने औपचारिक कानुनको अभावमा यस्तो प्रतिबन्ध लगाइएको हो ।  

यद्यपि, विभिन्न क्रिप्टोसँग सम्बन्धित सेवा प्रदायकहरूले होन्डुरस भित्र काम गर्ने गर्छन । विविध क्षेत्राधिकार भित्र पर्ने भएकाले ती सेवा प्रदायकहरुले होन्डुरसमा काम गरिरहेको सीएनबीएसल जनाएको छ । ती सेवा प्रदायकहरु विभिन्न देशमा दर्ता भएकाले होन्डुरसको सरकाले तीनलाई नियन्त्रण गर्न चुनौतिको सामना गरिरहेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.