आईतवार, बैशाख ६,२०८३ 10:45:41
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 10:45:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निरन्तर नयाँ रेकर्ड राख्दै डलरको मूल्य, अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?

Bizshala
निरन्तर नयाँ रेकर्ड राख्दै डलरको मूल्य, अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?
Shivam Cement

काठमाण्डौ । अमेरिकी डलरको मूल्य लागातार ४ दिन नयाँ उचाईमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस ५ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज पनि डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।  

आज एक अमेरिकी डलरको खरिददर १३५।६३ रुपैयाँ र बिक्रीदर १३६।२३ रुपैयाँ कायम भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि पुस ४ गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.६३ बिक्रीदर १३६.२३ रुपैयाँ कायम थियो ।    

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

निरन्तर बढ्दै गईरहेको डलरको मूल्यले अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्ने गर्छ । डलरको मूल्य वृद्धिले विदशेबाट नेपालीहरुले पठाउने रेमिट्यान्स आम्दानी बढ्ने गर्छ । यसका साथै स्वेदेशबाट निर्यात हुने वस्तुहरुबाट समेत आयमा वृद्धि हुन्छ । तर निकासीको परिमाण र वस्तु सीमित भएकाले डलरको मूल्य वृद्धिबाट हुने फाइदा सीमित हुने देखिन्छ। नेपालले निर्यातको तुलनामा आयात बढी गर्ने भएकाले डलरको मूल्य वृद्धिसँगै महँगीको समस्या देखिन सक्छ ।  

CG Motors
Garima Development Bank
IME remit

नेपालले वस्तु आयात गर्दा बढी मूल्य तिर्नुपर्ने भएकाले आयातित वस्तुहरु जस्तै लत्ताकपडा, पेट्रोलियम पर्दाथ ,मेसिनरी उपकरण, अटो, विद्युतीय सामाग्री लगायतको मूल्य बढ्छ ।  

दैनिक हजारौ नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जाने गर्छन । उनीहरूले त्यहाँ विदेशी मुद्रामा पैसा तिर्नुपर्ने भएकाले डलरको भाउ बढेसँगै देशबाट बाहिरिने रकम पनि बढ्ने गर्छ । 

यसले गर्दा देशभित्र आयोजना भईरहेका ठूलादेखि साना परियोजनाको लागत समेत बढ्ने गर्दछ ।    

त्यसैले डलरको मूल्यको वृद्धिको प्रभाव प्रत्यक्ष जनजीवनमा पर्ने गर्छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.