सोमबार, असार २,२०८२ 02:30:35
  • सोमबार, असार २,२०८२ 02:30:35
Global IME Bank Limited

निरन्तर नयाँ रेकर्ड राख्दै डलरको मूल्य, अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?

Hyundai Nepal
निरन्तर नयाँ रेकर्ड राख्दै डलरको मूल्य, अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी डलरको मूल्य लागातार ४ दिन नयाँ उचाईमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस ५ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज पनि डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।  

आज एक अमेरिकी डलरको खरिददर १३५।६३ रुपैयाँ र बिक्रीदर १३६।२३ रुपैयाँ कायम भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि पुस ४ गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.६३ बिक्रीदर १३६.२३ रुपैयाँ कायम थियो ।    

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निरन्तर बढ्दै गईरहेको डलरको मूल्यले अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्ने गर्छ । डलरको मूल्य वृद्धिले विदशेबाट नेपालीहरुले पठाउने रेमिट्यान्स आम्दानी बढ्ने गर्छ । यसका साथै स्वेदेशबाट निर्यात हुने वस्तुहरुबाट समेत आयमा वृद्धि हुन्छ । तर निकासीको परिमाण र वस्तु सीमित भएकाले डलरको मूल्य वृद्धिबाट हुने फाइदा सीमित हुने देखिन्छ। नेपालले निर्यातको तुलनामा आयात बढी गर्ने भएकाले डलरको मूल्य वृद्धिसँगै महँगीको समस्या देखिन सक्छ ।  

नेपालले वस्तु आयात गर्दा बढी मूल्य तिर्नुपर्ने भएकाले आयातित वस्तुहरु जस्तै लत्ताकपडा, पेट्रोलियम पर्दाथ ,मेसिनरी उपकरण, अटो, विद्युतीय सामाग्री लगायतको मूल्य बढ्छ ।  

दैनिक हजारौ नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जाने गर्छन । उनीहरूले त्यहाँ विदेशी मुद्रामा पैसा तिर्नुपर्ने भएकाले डलरको भाउ बढेसँगै देशबाट बाहिरिने रकम पनि बढ्ने गर्छ । 

यसले गर्दा देशभित्र आयोजना भईरहेका ठूलादेखि साना परियोजनाको लागत समेत बढ्ने गर्दछ ।    

त्यसैले डलरको मूल्यको वृद्धिको प्रभाव प्रत्यक्ष जनजीवनमा पर्ने गर्छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.