सोमबार, पुष ८,२०८१ 05:49:04
IME remit
  • सोमबार, पुष ८,२०८१ 05:49:04
IME remit
Global IME Bank Limited

लिबर्टी इनर्जीको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन

Hyundai Nepal
लिबर्टी इनर्जीको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर १६ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७५ लाख कित्ता हकप्रद निष्कासन गरेको थियो ।  

लगानीकर्ताले प्रभु क्यापिटल,लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।  

Bizshala
Shivam Cement
CG Motors

हकप्रदबाट प्राप्त रकम कम्पनीले माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि ५५ करोड रुपैयाँ, यो आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम भुक्तानी गर्न १५ करोड ३२ लाख र कम्पनीद्वारा प्रवद्धित लोदोखोला साना जलविद्युत आयोजनामा लगानी गर्न ४ करोड २४ लाख रुपैयाँ लगानी गर्ने छ ।  

यो हकप्रद सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसर्थ कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।  

कम्पनीले ५० प्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २३ गते स्वीकृती पाएको थियो । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.