काठमाण्डौ । भारतको सेयर बजार हालसम्मकै उच्च बिन्दुमा पुगको छ । आज भारतको सेयर बजारमा आएको वृद्धिका कारण निफ्टी इन्डेक्स २२ हजार १५७ बिन्दुमा पुगको छ । जुन अहिलेसम्मकै उच्च हो ।
यस अघि निफ्टी इन्डेक्सको उच्च बिन्दु २२ हजार ११५ थियो । गत जनवरी १५ मा निफ्टी यो बिन्दुमा पुगेको थियो ।
त्यस्तै सेन्सेक्स इन्डेक्स पनि करीब ३०० अंकले बढेको छ । यससँगै सेन्सेक्स इन्डेक्स ७२ हजार ७३० को बिन्दुमा पुगेको छ । सेन्सेक्सको ३० वटा कम्पनीको सेयरमध्ये २५ वटामा वृद्धि भएको छ भने ५ वटामा मात्रै गिरावट आएको छ ।
आज निफ्टीमा निफ्टी रियल्टीबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज कन्ज्युमर ड्युरेबल्समा सबैभन्दा धेरै अर्थात १.९५ प्रतिशतको वृद्धि आएको छ । त्यस्तै मिडिया ०.८८ प्रतिशत,फर्मा ०.८० ,एफएमसीजी ०.७८,हेल्थकेयर ०.५७,बैंक ०.४४ रअटो सेक्टर ०.४४ प्रतिशतले बढेको छ ।