सोमबार, असार २,२०८२ 02:11:13
  • सोमबार, असार २,२०८२ 02:11:13
Global IME Bank Limited

अमेरिकामा घरबारविहिन हुनेको जनसंख्या रेकर्डतोड स्तरमा

Hyundai Nepal
अमेरिकामा घरबारविहिन हुनेको जनसंख्या रेकर्डतोड स्तरमा
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकामा घरबारविहिनको जनसंख्या रेकर्डतोड स्तरमा पुगेको छ । एक वर्षमा अमेरिकामा घरबारविहिन हुनेको संख्या १८ प्रतिशतभन्दा बढीले बढेको छ ।  

उच्च घरेलु खर्च, प्राकृतिक प्रकोप र ठूला शहरहरुमा बढ्दो बसाईसराईका कारण घरबारविहिन हुनेको संख्या उल्लेख्य बढेको सरकारी अधिकारीहरुले बताएका छन् । डिपार्टमेन्ट अफ हाउजिङ एण्ड उर्बान डेभलपमेन्ट(हुड)का अनुसार सन् २०२४ जनवरीमा गरिएको सर्भेमा ७ लाख ७० हजार भन्दा बढी अमेरिकीहरु अस्थाई वासस्थान वा घरबारविहिन अवस्थामा छन् ।  

गत वर्ष पनि अमेरिकामा घरबारविहिन हुनेको जनसंख्या १२ प्रतिशतले बढेको थियो । जुन सन् २००७ देखि फेडरल सरकारले सुरु गरेको घरबारविहिनको आँकडा राख्न थालेदेखिकै उच्च थियो । यसमा अस्थाई कालका लागि परिवार तथा साथीसँग बसोवास गरिरहेकाहरुलाई समावेश नगरिएकाले यो संख्या वास्तविक भन्दा अझै कम भएको हुन सक्ने जनाइएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पारिवारीक घरबारविहिनको जनसंख्या अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले बढेको जनाइएको छ । जुन बसाईसराईले प्रभावित १३ ठाउँमा दोब्बरले बढेको छ । यस्तै घरबारविहिन हुने १८ वर्ष मुनिका बालबालिकाको संख्या सबैभन्दा धेरै बढेको रिपोर्टमा उल्लेख छ । एक वर्षमा १८ वर्ष मुनिका १ लाख ५० हजार बालबालिका घरबारविहिन भएका छन् ।  

यसैगरी घरबारविहिन हुने ६५ वर्ष र सो भन्दा माथिको उमेरको जनसंख्या पनि ६ प्रतिशतले बढेको छ ।  

रिपोर्टमा केही सकारात्मक संकेतहरु समेत देखिएका छन् । यो अवधिमा घरबारविहिन हुने मिलेटेरी भेट्रानहरुको जनसंख्या ८ प्रतिशतले घटेको छ । यस्तै देशको सबैभन्दा धेरै घर खर्च भएको लस एन्जलसमा घरबारविहिन हुनेको संख्या ५ प्रतिशतले घटेको छ । जुन विगत ७ वर्षको अवधिमा पहिलो गिरावट हो ।  

यस्तै डल्लासमा पनि विगत दुई वर्षमा पहिलोपटट यो संख्यामा १६ प्रतिशतको गिरावट आएको छ । यस्तै फिलाडेफियामा पनि घरबारविहिन हुनको संख्या ६० प्रतिशतले घटेको छ ।  

स्थानिय अधिकारीहरुले आश्रममा बस्न चाहनेहरुको जनसंख्या उल्लेख बढेको बताएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.