मंगलवार, श्रावण १९,२०८३ 01:04:36
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 01:04:36
Bizshala
Global IME Bank Limited

अमेरिकी सेयर बजारका लागि कस्तो रह्यो यो वर्ष ? कुन सेक्टरका कम्पनीमा देखियो आकर्षण ?

अमेरिकी सेयर बजारका लागि कस्तो रह्यो यो वर्ष ? कुन सेक्टरका कम्पनीमा देखियो आकर्षण ?
New Office

काठमाण्डौ । सन् २०२४ मा अमेरिकी सेयर बजारमा हरियाली छाएको छ । यो वर्ष ३ वटै अमेरिकी सेयर बजारमा बढेका छन् ।  

यो वर्ष डाउ जोन्स इ्रन्डस्ट्रियल एभरेज २३.८ प्रतिशतले बढेको छ भने एस एण्ड पी५०० र नास्डक कम्पोजिट क्रमशः१३ र २९.८ प्रतिशतले बढ्यो ।  

एआई कम्पनीहरुमा देखिएको आकर्षण र भविष्यमा एआईले कम्पनीहरुको उत्पादकत्वप्रति लगानीकर्ता सकारात्मक बन्दा यो वर्ष अधिकांश अमेरिकी टेक कम्पनीहरुको सेयरमूल्यमा उछाल आएको छ । यो वर्ष एनभिडिया र एप्पल जस्ता टेक कम्पनीहरुको सेयरमूल्यमा उछाल आएको छ ।  

अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा गरेको कटौतीका कारण समेत कम्पनीहरुको सेयरमूल्यमा सकारात्मक प्रभाव देखिएको छ । गत सेप्टेम्बरदेखि अमेरिकी केन्द्रीय बैंकले १०० बेसिक प्वइन्टले ब्याजदर कटौती गरिसकेको छ । सन् २०२५ मा समेत थप कटौतीको अपेक्षा गरिएको छ ।  

यो वर्षको अन्तिम कारोबार दिन भने सोमबार भने अमेरिकी सेयर बजारमा गिरावट आएको छ । यो दिन डाउ जोन्स ४१८ अंकले घटेको छ । यस्तै एसएण्ड पी५०० पनि १ प्रतिशतभन्दा बढीले घटेको छ ।  

यो दिन नास्डक पनि १.१९ ले ओरालो लागेको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.