काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.६९ रुपैयाँ र बिक्रीदर १३७.२९ रुपैयाँ कायम भएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै, आज एक यूरोको खरिददर १४२.३५ रुपैयाँ र बिक्रीदर १४२.९७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.४३ रुपैयाँ र बिक्रीदर १७२.१८ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४.९० रुपैयाँ र बिक्रीदर ८५.२८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७२ रुपैयाँ र बिक्रीदर ८.७६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३३ रुपैयाँ र बिक्रीदर ३७.३८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७३ रुपैयाँ र बिक्रीदर १८.८१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५७ रुपैयाँ र बिक्रीदर ३०.७० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५० रुपैयाँ र बिक्रीदर ३७.६६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.२८ रुपैयाँ र बिक्रीदर ९.३२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४३.६५ रुपैयाँ र बिक्रीदर ४४५.६० रुपैयाँ कायम भएको छ ।