काठमाण्डौ । अमेरिकी डलरको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.७४ रुपैयाँ र बिक्रीदर १३७.३४ रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन पनि डलरको भाउ रेकर्डतोड स्तरमा पुगेको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३६.६९ रुपैयाँ र बिक्रीदर १३७.२९ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४१.५३ रुपैयाँ र बिक्रीदर १४२.१५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.२५ रुपैयाँ र बिक्रीदर १७२ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४.६२ रुपैयाँ र बिक्रीदर ८४.९९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७२ रुपैयाँ र बिक्रीदर ८.७६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२३ रुपैयाँ र बिक्रीदर ३७.३९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७३ रुपैयाँ र बिक्रीदर १८.८१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५८ रुपैयाँ र बिक्रीदर ३०.७१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५१ रुपैयाँ र बिक्रीदर ३७.६७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४३.६० रुपैयाँ र बिक्रीदर ४४५.५५ रुपैयाँ कायम भएको छ ।