काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(पुस २५ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.०६ रुपैयाँ र बिक्रीदर १३७.६६ रुपैयाँ कायम भएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत पुस २३ गते डलरको भाउ हालसम्मकै उच्च थियो । त्यसदिन एक डलरको बिक्रीदर १३७.०३ रुपैयाँ र बिक्रीदर १३७.६३ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४१.१८ रुपैयाँ र बिक्रीदर १४१.८० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६९.६० रुपैयाँ र बिक्रीदर १७०.३५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५.०७ रुपैयाँ र बिक्रीदर ८५.४४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६५ रुपैयाँ र बिक्रीदर ८.६९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३२ रुपैयाँ र बिक्रीदर ३७.४८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६९ रुपैयाँ र बिक्रीदर १८.७८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.४४ रुपैयाँ र बिक्रीदर ३०.५७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६० रुपैयाँ र बिक्रीदर ३७.७७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३७ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.३४ रुपैयाँ र बिक्रीदर ४४६.२८ रुपैयाँ कायम भएको छ ।