आईतवार, फाल्गुन ११,२०८१ 10:16:18
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:16:18
IME remit
Global IME Bank Limited

किन टिक्न सकेन अघिल्लो दिनको बढोत्तरी ? डेड क्याट बाउन्स वा बटम प्वइन्ट फिसिङ ?

Hyundai Nepal
किन टिक्न सकेन अघिल्लो दिनको बढोत्तरी ? डेड क्याट बाउन्स वा  बटम प्वइन्ट फिसिङ ?
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लोपटक २५८० विन्दुमा सपोर्ट बनाएर फर्केको बजार आज साताको अन्तिम कारोबारमा गिरावटका साथ २६५४ विन्दुमा बन्द भएको छ ।  

यो साताको चार कारोबारमा बजार झन्डै ७६.८  अंकभन्दा बढीले बढेको छ । तर, साताको अन्तिम कारोबारमा ११.१० अंकले बजार घटेको छ । यसलाई केही बजार जानकारहरुले अफ सिजनमा बढेको बजारमा डेड क्याट बाउन्स हुन सक्ने तर्क गरेका छन्, भने केहीले बजारमा नाफा बुक भएको तर्क पनि गरेका छन् ।  

प्राविधिक पक्षको समेत जानकार सुवास चन्द्र ढुङ्गानाले आजको करेक्सनलाई बुल ट्रयाप भन्न नमिल्ने तर्क गरे । बजारको दिशा यहि हो भन्नलाई अझै एक दुई दिनको कारोबार नियाल्नु पर्ने पनि उनको तर्क रहेको छ । यद्यपी आज बजार २६६० विन्दुभन्दा माथि टिकेको भए अझै राम्रो हुने उनको तर्क रहेको छ । आगामी कारोबारमा यदि बजार आजको उच्च विन्दु २६८० भन्दा माथि बन्द भएको खण्डमा भने हालको लागि करेक्सन सकिएको मान्न सकिने उनको तर्क रहेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

डेड क्याट बाउन्स भनेको के हो ?

यदि घटिरहेको बजारमा अल्पकालीन तथा छोटो समयका लागि बजार तथा कुनै कम्पनीको सेयरमूल्य फर्किन्छ भने यसलाई डेडक्याट बाउन्स अर्थात मरेको बिरालो भनिन्छ । यदि कुनै पनि कम्पनीको मूल्य तथा बजार सूचकमा अल्पकालिन र्याली आउँछ र कुनै पनि आधारभूत तत्वले काम नगरी पुनः मूल्य तथा सूचकमा गिरावट आउँछ भने त्यसलाई आधारभूत रुपमा डेड क्याट र्याली भनेर बुझिन्छ ।  

त्यसैगरी, प्राविधिक रुपमा पनि डेड क्याट बाउन्सलाई परिभाषा गरेको पाइन्छ । यदि निरन्तर बढेको बजार तथा वस्तुको मूल्यमा गिरावट आउँछ र पुनः अल्पकालीन बढोत्तरी आएर ‘भी’ आकार बनाउँछ भने त्यसलाई पनि डेड क्याट बाउन्स भनेर बुझिन्छ।  

कसरी पर्छन् लगानीकर्ता बुल ट्रयापमा ?

कुनै पनि सेयर अथवा सूचक केही समय बढेपछि डेड क्याट बाउन्सको अवस्था आउछ । यस्तो बढेको अवस्थामा एकथरी लगानीकर्ताले सेयर बेच्न सकेका हुँदैनन् । जब बजार घट्न थाल्छ यस्ता लगानीकर्ताले पहिलेको सूचक तथा सेयरमूल्य हेरेर पुछुतो मान्ने गर्छन् र बढ्दा बेच्ने मनस्थिति बनाएका हुन्छन् ।  

अर्काथरी लगानीकर्ता जसले किन्नका लागि करेक्सन कुरेर बसेका हुन्छन् तर बजार बियरिस ट्रेन्डमा पुगेको थाहा पाएका हुँदैनन् उनीहरु बजार केही घटेपछि पुनः बजारमा छिर्छन् ।  

यी दुईथरी लगानीकर्ताको कारोबारले बजारमा डेड क्याट बाउन्सको अवस्था सिर्जना हुन्छ । सेयर बजारमा बोलीचालीको भाषामा यसलाई ‘बुल ट्रयाप’ पनि भनिन्छ ।  

उदाहरणका लागि यदि कुनै पनि कम्पनीको सेयरमूल्य बढेर १०० रुपैयाँ पुगेको थियो तर घटेर ७० रुपैयाँमा आएपछि लगानीकर्ताले खरिद गर्दै गएर ९० रुपैयाँसम्म पुग्यो । तर, पछि घटेर पुनः ५० रुपैयाँमा आयो भने ७० रुपैयाँदेखि ९० रुपैयाँसम्म खरिद गर्ने लगानीकर्तालाई बुल ट्रयापमा परेको भनेर बुझ्न सकिन्छ ।

बटम प्वइन्ट फिसिङ भनेको के ?

कुनै पनि सेयरको मूल्य आन्तरिक तथा बाह्य कारणले घटेर तल्लो विन्दुमा आएको वा अन्डरभ्यालु भएको अवस्थामा खरिद गर्ने जुक्तिलाई सेयर बजारमा ‘बटम प्वइन्ट फिसिङ’ भनिन्छ । यस्तो रणनीति खरिदकर्ताको आधारभूत तथा प्राविधिक ज्ञान र अनुभवका आधारमा सेयर बजारमा लागू गरिन्छ । यसलाई ‘बाई इन लो एन्ड सेलिङ इन हाई’ पनि भनिन्छ ।  

यस्तो रणनीति खासगरी विश्वका प्रख्यात लगानीकर्ता वारेन बफेट र बेन्जामिन ग्रामले भ्यालु इन्भेस्टिङ रणनीतिमा प्रयोग गरेका हुन्छन् । यस्तो अवस्थामा खरिद गरिएका सेयरहरुमा उच्च नाफाको सम्भावना रहेको हुन्छ ।  

अहिलेको अबस्था कस्तो ?

अहिले बजारको अवस्था डेड क्याट बाउन्स वा बटम प्वइन्ट फिसिङ यहि नै हो भनेर प्रष्ट देखिदैन । केही फाइनान्स तथा लो क्याप कम्पनीहरुमा भने लगानीकर्ता ‘बुल ट्रयापमा’ परेको चर्चा ब्रोकर हाउसमा स्ुनिन्छ । तर आधारभूत रुपमा बलिया र दोस्रो त्रैमासमा सुधारिएको रिपोर्ट आएका कम्पनीहरुमा मध्य तथा र दीर्घकालिन लगानी भने बटम प्वइन्ट फिसिङ नै पनि हुन सक्छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.