काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा ब्रेन्ट क्रुडको मूल्य ०.२७ प्रतिशतले बढ्दै प्रतिब्यारेल ७८.५० डलर पुगेको छ ।
यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ०.०५ प्रतिशतले बढेर प्रतिब्यारेल ७४.६६ डलर पुगेको छ ।
यद्यपी साप्ताहिक रुपमा भने कच्चा तेलको मूल्य घटेको छ । गत एक साताको अवधिमा ब्रेन्ट क्रुडको मूल्य २.८ प्रतिशत र डब्लूटीआईको मूल्य ४.१ प्रतिशतले घटेको छ । गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी तेल धनाढ्यहरुलाई कमजोर पार्न र युक्रेनमा युद्ध अन्त्य गर्न तेल निर्यातकर्ता देशहरुलाई तेलको मूल्य घटाउन भनेका थिए ।
तेलका मुख्य उत्पादक रुस र इरानमाथि प्रतिबन्धको धम्किले इन्धनको मूल्य कम गर्ने ट्रम्पको लक्ष्यलाई सहयोग पुग्न सक्ने विश्लेषकहरुले बताएका छन् ।