शुक्रबार, जेष्ठ १,२०८३ 12:35:00
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 12:35:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वेटिङ पिएम देउवाले भने-'पूँजीबजार सुधार्ने नीति आउँछ, लगानीकर्ताको माग सम्बोधन हुन्छ'

Laxmi Sunrise Bank Limited
वेटिङ पिएम देउवाले भने-'पूँजीबजार सुधार्ने नीति आउँछ, लगानीकर्ताको माग सम्बोधन हुन्छ'
Shivam Cement

काठमाण्डौ । नेपाल सेयरधनी संघले गठबन्धन सरकारको प्रमुख घटक नेपाली कांग्रेसका सभापति तथा वेटिङ प्राइमिनिस्टर शेरबहादुर देउवालाई पूँजी बजारमा देखिएका विभिन्न समस्याहरु र  सरकारले तत्काल गर्नुपर्ने कामका बारेमा जानकारी गराएको छ ।  

संघका अध्यक्ष धनश्याम पाण्डेको नेतृत्वमा गएको लगानीकर्ताको टोलीले माघ १५ गते बुढानिलकण्ठस्थित देउवा निवासमा गएर ज्ञापनपत्र बुझाउँदै बजारका समस्या र समाधानका उपायहरुको विषयमा सुझाएको हो । 

ज्ञापनपत्रमा बैंकहरुमा तरलता सहज भएको अवस्थामा हालको परिस्थिति जनताले अनुभूति गर्न चाहेको आर्थिक उपलब्धि हासिल गर्नका लागि उपयुक्त रहेकाले वित्त नीति तथा मौद्रिक नीतिमार्फत सम्बोधन हुन तत्काल जरुरी रहेको बताइएको छ ।  

Bizshala
New Office
CG Motors

‘नेपालको अर्थतन्त्रको ऐनाको रुपमा रहेको पूँजीबजार विगत साढे तीन वर्षदेखि अप्ठेरो अवस्थाबाट गुज्रिरहेको छ । हाम्रो जस्तो अल्पविकशित देशमा आर्थिक गतिबिधी र पूँजी निर्माणको कार्यका लागि सबैभन्दा महत्वपूर्ण पाटोको रुपमा रहेको पूँजीबजारको बिकासमा नेपाल राष्ट्रबैंक तथा नियमनकारी निकायहरुमा रहेको नीतिगत अन्योलता र गलत नीति नै प्रमुख रुपमा जिम्मेवार देखिन्छ,’ ज्ञापनपत्रमा भनिएको छ ,‘लगातार घटिरहेको पूँजीबजारमा हालको सरकार निर्माण भए पश्चात् लगानीकर्ताहरुमा आएको आत्माविश्वासको कारणबाट नियमित रुपमा सच्चिएको नभई सरकारले पुँजीबजारलाई हेर्ने सकारात्मक दृष्टिकोण नै हो । अतः मौद्रिक नीतिमार्फत पटक पटक कसिलो नीति प्रयोगमा ल्याई पूँजीबजारलाई धरासायी बनाइएको अवस्थाबाट आम–लगानीकर्ताहरुको मनोबल बढाउन यस सरकारले आगामी दिनमा विशेष पहल गर्नेछ भन्नेमा हामी लगानीकर्ता बिश्वस्त छौं ।’

ज्ञापनपत्रमा सरकारले पूँजी बजारमा लगानी गरेका करिब ६५ लाख लगानीकर्ताहरुको मनोबल बढाउन बिगतमा ल्याईएका पूँजीबजारलाई प्रभावित पार्ने विषयहरुमा सुधार गर्न समेत आग्रह गरिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

ज्ञापनपत्रमा समेटिएका मुख्य बुँदा यस्ता छन् :

१. लगानीकर्ताहरुको सम्पत्ति सम्बन्धी मौलिक अधिकारलाई कुण्ठित गरी एउटा व्यक्ति तथा परिवारलाई एकल ग्राहक सीमा भित्र राखी एकाघर परिवारमा बढीमा १५ करोड मात्र शेयर धितो राखी कर्जा लिन पाउने व्यवस्थालाई ब्रोकरमार्फत मार्जिन ल्याण्डिङ कार्यान्वयनमा नआएसम्म नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सीमा हटाउन पहल गरिदिनुहुन अनुरोध गर्दछौं  ।

२.नेपाल राष्ट्रबैकद्वारा शेयर कर्जामा लगाईएको जोखिमभारलाई १२५ प्रतिशतबाट घटाई सबै सेयर धितोकर्जामा १०० प्रतिशत कायम गरिदिन आग्रह गर्दछौं ।  

३.व्यवसायीहरुलाई पलायन गराउने गरी ल्याउन लागिएको बाफिया ऐनलाई लागू गर्नबाट रोकिनुपर्ने साथै पूँजीबजारमा नकारात्मक प्रभाव पार्नसक्ने, जस्तो बैंकहरुमा लगानी बमोजिम लगानीकर्ताको मुख्य योग्यता भनेको कम्पनीको सेयरमा लगानी हुने नै भएकोले योग्य व्यक्तिलाई कम्पनीहरुको बोर्डमा प्रतिनिधित्व गराउने व्यवस्थाका लागि सहजीकरण गरिदिन आग्रह गर्दछौं ।  

सभापति देउवाले नेपाली कांग्रेस पार्टी, पूँजीबजारको विकास र सुधार गर्ने सम्बन्धमा संवेदनशील रहेको र गर्नुपर्ने कामका बारेमा आफूले सक्दो पहल गर्ने आश्वासन दिएको अध्यक्ष धनश्याम पाण्डेले बताए । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.