सोमबार, असार २,२०८२ 12:23:28
  • सोमबार, असार २,२०८२ 12:23:28
Global IME Bank Limited

क्यानडा र मेक्सिकोमाथि २५% भन्सार शुल्क लगाउँदै ट्रम्प

Hyundai Nepal
क्यानडा र मेक्सिकोमाथि २५% भन्सार शुल्क लगाउँदै ट्रम्प
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने बताएका छन् । ट्रम्पले यो शुल्क फेब्रुअरी १ देखि लागू हुने बताएका छन् ।  

यद्यपी ट्रम्पले यी देशहरुबाट आयात हुने तेलमा यो शुल्क लाग्ने वा नलाग्ने भन्ने बारे भने केही पनि खुलाएका छैनन् । ओभल अफिसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले अवैधानिक आप्रवासीहरुलाई अमेरिकाबाट निकाल्न र आफ्ना छिमेकीहरुसँगको व्यापार घाटा कम गर्नेतर्फ आफू लक्षित रहेको बताए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ट्रम्पले चीनमाथि थप कर लगाउने योजना अझै बनाईरहेको समेत बताएका छन् । यो महिनाको सुरुवातमा ट्रम्पले चीनमाथि थप १० प्रतिशत भन्सार शुल्क लगाउने बताएका थिए । चुनावी सभाहरुमा भने ट्रम्पले चीनमाथि ६० प्रतिशतसम्मको भन्सार शुल्क लगाउने बताउने गरेका थिए ।  

मेक्सिको र क्यानडाले अमेरिकी भन्सार शुल्क वृद्धिका विषयमा आफ्नै तरिकाले समाधान खोज्ने बताएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.