काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । माघ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश दिने निर्णय गरेको हो ।
बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
प्रस्तावित लाभांशमा हाल कायम चुक्तापूँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको. १० प्रतिशतका दरले २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँबराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतका दरले १ करोड ३९ लाख ७३ हजार ७०४ रुपैयाँबराबरको नगद लाभांश रहेका छन् ।
प्रस्तावित लाभांस नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।