काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस २३ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद निष्कासन गरेको छ ।
यो हकप्रदमा माघ १४ गतेसम्म आवेदन दिने समय दिइएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले कम्पनीले अब हकप्रद खरिदका लागि आवेदन दिने समय माघ २९ गतेसम्म थप गरिएको थियो ।
लगानीकर्ताले सिद्धार्थ क्यापिटल,सिद्धार्थ बैंकका विराटनगर,विरगञ्ज,नारायणगढ,पोखरा,बुटवल,नेपालगञ्ज,धनगढी र सुर्खेत शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।
हकप्रदबाट प्राप्त रकम माथिल्लो सेति जलविद्युत आयोजना(२१६ मेगावाट) को निर्माण तथा ङादी ग्रुपद्वारा प्रवद्र्धित आयोजनाको मर्मत सम्भारका लागि उपयोग गरिनेछ ।
कम्पनीले हकप्रद सेयरका निष्कासनका लागि गत मंसिर १८ गते बुक क्लोज गरेको थियो । यसर्थ मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यो हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                