काठमाण्डौ । आज डलरको मूल्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन १३ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्य वृद्धि भएको हो ।
आज एक अमेरिकी डलरको खरिददर १३२.४१ रुपैयाँ र बिक्रीदर १३३.०१ रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक अमेरिकी डलरको खरिददर १३२.२५ रुपैयाँ र बिक्रीदर १३२.८५ रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.४० रुपैयाँ र बिक्रीदर १४४.०५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.९२ रुपैयाँ र बिक्रीदर १६८.६८ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.९४ रुपैयाँ र बिक्रीदर ८७.३३ रुपैयाँ रहेको छ । एक कुवेत डिनारको खरिददर ४३०.२० रुपैयाँ र बिक्रीदर ४३२.१५रुपैयाँ र एक मलेसियन रिंगेटको खरिददर २७.७२ रुपैयाँ र बिक्रीदर २७.८४ रुपैयाँ निर्धारण भएको छ ।