बुधबार, चैत्र २०,२०८१ 12:51:01
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:51:01
IME remit
Global IME Bank Limited

साप्ताहिक रुपमा मध्य ब्याण्डमा सपोर्ट लिएको बजारको आगामी यात्रा कस्तो ?

Hyundai Nepal
साप्ताहिक रुपमा मध्य ब्याण्डमा सपोर्ट लिएको बजारको आगामी यात्रा कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा पाँच दिन कारोबार भयो । पाँच दिनमा बजार ३ दिन घट्यो भने २ दिनमात्रै बढ्यो । अघिल्लो साता २ हजार ६९९.८१ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६७८.४७ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता २१.३४ अंकले बजारमा गिरावट आयो ।  

यो साता दोस्रो बजारमा ३९ अर्ब २४ करोडको कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता ५१ अर्ब ९५ करोडबराबरको भएको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा सूचक र कारोबार दुबैमा गिरावट आयो । यो साता बजार पूँजीकरण ४४ खर्ब ४६ अर्ब रह्यो ।  

प्राविधिक पक्षः

पछिल्लो पटकको बजार २५५० देखि २६८० विन्दुबीचमा साइडवेज चलेको देखिन्छ । प्राइस एक्सनमार्फत पछिल्लो बजारलाई नियाल्दा बजारले हायर हाई र हायर लो का सिरिजहरु बनाउँदै चलेको देखिन्छ । यो साता २६७० विन्दु आसपासमा एउटा हायर लो कन्फर्मेसन गरेको देखिन्छ । यो साताको अन्तिममा केही बिक्री दबाब देखिएको बजारमा अधिक करेक्नस आँउछ भने बजार २६६० अर्थात बोलिङ्गरको मध्य ब्याण्डसम्म पनि आउन सक्छ । आगामी साता यो विन्दु केही महत्वपुर्ण रहेन पनि सक्छ । यदि यो विन्दुमा सपोर्ट लिए केही अंकको सुधार र यहाँबाट तल खसेमा भने केही अंकले बजारमा करेक्सन आउन सक्ने सम्भावना पनि रहन्छ ।  

Shivam Cement
Bizshala
CG Motors

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई

बोलिङ्गर ब्याण्डको आधारमा अघिल्लो साता अपर ब्याण्डमा शुटिङ स्टार बनेर खसेको बजारले यो साता मध्य ब्याण्डमा सपोर्ट लिन खोजेको देखिन्छ । म्याक्डीमा बुलिस क्रस ओभर भ्यालिड नै रहेका छन् । तर हिस्टोग्राम सकारात्मक रहेता पनि छोटा–छोटा हुँदै गएका छन् । आरएसआई न्यूट्रल जोन ५३ मा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा यो साता बजारमा बिक्री दबाब परेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८५७

प्रतिरोध २ – २८१०

प्रतिरोध १–  २७५५

पिभट् प्वइन्टः २७०८

घटेमा सपोर्ट  

सपोर्ट १– २६५३

सपोर्ट २– २६०६

सपोर्ट  ३ –२५५१

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निष्कर्षः अघिल्लो साता सुधार आएको बजार यो साता करिब २१ अंकले घट्यो  । साप्ताहिक रुपमा बजारलाई नियाल्दा बजारले २ सातादेखि मध्य ब्याण्डमा सपोर्ट लिएको देखिन्छ । डेली बेसमा पनि मध्य ब्याण्ड आसपासमा नै सपोर्ट लिएको देखिन्छ । कोरोबार तथा भोल्युमबाट नियाल्दा कारोबार औषत भन्दा माथि नै  देखिन्छ । यदि बजारमा १० अर्बमाथि कारोबार भएको खण्डमा मात्रै कारोबारबाट बजार बुलिस भन्न सकिन्छ ।  यस हिसाबले हालको बजार इन्डिकेटर , प्राइस एक्सन , कारोबार तथा भोल्युम सबै तर्फबाट हेर्दा साइडवेज नै चलेको देखिन्छ । आगामी साता यदि बजार २७ सय विन्दु भन्दा माथि लागेमा अप ट्रेन्ड र २६६० विन्दु भन्दा तल लागेमा केही बिक्री दबाब पनि चल्न सक्छ ।  

क्षेत्रगत रुपमा हेर्दा यो साता माइक्रो फाइनान्स ,फाइनान्स ,विकास बैंक लगानी समूह तथा म्युचुअल फण्डमा हरियाली छायो भने बाँकी समूहमा रातो पोतियो   ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.