काठमाण्डौ । रुस–युक्रेन शान्ति सम्झौताले प्रतिबन्ध खुुकुलो भई आपूर्ति बढ्ने आँकलनका बीच अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार ४ दिन घटेको छ ।
यस्तै विश्वभर व्याप्त व्यापार युद्धको सम्भावनाले आर्थिक वृद्धि कमजोर भई इन्धनको माग घट्ने जस्ता अपेक्षाले समेत कच्चा तेलको मूल्य घटेको हो । सोमबारको कारोबारमा डब्लूटीआई क्रुडको मूल्य ०.०७ प्रतिशतले घट्दै प्रतिब्यारेल ७०.६९ डलर कायम भएको छ ।
यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ०.२ प्रतिशतले घटेर प्रतिब्यारेल ७४.५९ डलरमा कारोबार भईरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी प्रशासनिक अधिकारीहरुले युक्रेनममा रुससँग युद्ध अन्त्य गर्न वार्ताको सुरुवात गरेको बताएसँगै ब्रेन्ट क्रुडको मूल्य पछिल्लो ४ दिनको अवधिमा ३.१ प्रतिशतले घटिसकेको छ ।
अमेरिकी सेक्रेटरी अफ स्टेट मार्को रुबियोले आइतबार मस्कोसँगको युद्ध अन्त्य गर्ने विषयमा युक्रेन र युरोप वास्तविक सम्झौताको हिस्सा बन्न सक्ने बताएका थिए । यसले रुससँग अमेरिकाको वार्ता र शान्तिप्रति पुटिनको गम्भिरतालाई दर्शाएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।