बिहीबार, बैशाख ३१,२०८३ 03:03:28
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 03:03:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चीनको सडकमा देखिन थाले ‘रोबोट प्रहरी’, मान्छेको जस्तै चालढाल र एआई दिमाग

Laxmi Sunrise Bank Limited
चीनको सडकमा देखिन थाले ‘रोबोट प्रहरी’, मान्छेको जस्तै चालढाल र एआई दिमाग
Shivam Cement

काठमाण्डौ । कृत्रिम बौद्धिकतापश्चात अब बजारमा एआई रोबोटको इन्ट्री भएको छ । एप्पल र मेटा जस्ता कम्पनीहरुले एआई रोबोटको क्षेत्रमा काम गर्ने तयारी गरिरहदा र यस विषयमा एलन मस्कलाई आंिशक सफलता हात लाग्दा चीनले भने पूर्ण सफलता हात पारेको छ ।  

एआई रोबोटको क्षेत्रमा चीनले सबै देशलाई पछि पार्दै चीनका सडकमा रोबोट प्रहरी उतारेको छ । चीनको ग्वाङ्गडोङ्ग सेन्जेनमा एआई रोबोट तीव्र रुपमा चर्चामा आएको छ । सेन्जेनको नानशान जिल्लामा एउटा रोबोट कम्युनिटी वर्कर तथा प्रहरी अफिसरको रुपमा काम गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यो रोबोट डिपसिकको एड्भान्स लार्ज ल्याङग्वेज मोडलमा आधारित छ ।  

Bizshala
New Office
CG Motors

यो एआई प्रविधिको प्रयोग फ्न्टियन जिल्लामा प्रशासनिक सुशासन तथा सार्वजनिक सेवालाई प्रभावकारी बनाउनका लागि गरिएको जनाइएको छ । सोमबार यसको एउटा भिडियो पनि जारी गरिएको छ । जसमा १.३८ मिटर अग्लो ह्युमनाइड देखिएको छ । भिडियोमा यो रोबोट प्रहरी अधिकारी र सर्वसाधारणसँग हात मिलाउदै गरेका देखिन्छ ।  

चीनमा प्रयोग भईरहेको यो रोबोटलाई सेन्जेन इन्जिन एआई रोबोटिक टेक्नोलोजी कम्पनीले तयार गरेको हो । ग्लोबल टाइम्सको रिपोर्टका अनुसार कम्पनीका प्रवक्ताले यस्तो ३ वटा मावन आकृतिको रोबोट लञ्च गरिएको छ । लेटेस्ट भर्जनको नाम भने पीएम०१ रहेको छ । जसलाई वास्तविक संसारमा काम गर्नका लागि निर्माण गरिएको हो ।  

Garima Development Bank
Shivam Cement
IME remit

यो रोबोट १.३८ मिटर अग्लो छ । जसको तौल लगभग ४० किलोग्राम रहेको छ । यो रोबोट २४ डिग्री अफ फ्रिडमसँग उपलब्ध छ । जसका कारण यसले दुई मिटर प्रति सेकेण्डको गति लिन सक्छ । यसको कम्मरमा ३२० डिग्रीको रोटेशनल मोटर लगाइएको छ । जसले कयौं प्रकारको मुभमेन्टमा यसलाई सहयोग गर्ने गर्छ ।  

चीनमा रोबोटको प्रयोग भएको यो पहिलोपटक भने होइन । यसअघि पनि सेन्जेनमा रोबोट हिडेको देखिएको थियो । जुन भिडियो भाइरल भएको थियो । यसलाई यही कम्पनीले बनाएको थियो र यसको नाम एसई०१ राखिएको थियो । यसको लम्बाई १(७ मिटर थियो ।  

कम्पनीले यो रोबोटले स्क्वाट्स,पुशअप, स्पिनिङ,रनिङ जस्ता कार्य गर्न सक्ने जनाएको थियो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.