काठमाण्डौ । कृत्रिम बौद्धिकतापश्चात अब बजारमा एआई रोबोटको इन्ट्री भएको छ । एप्पल र मेटा जस्ता कम्पनीहरुले एआई रोबोटको क्षेत्रमा काम गर्ने तयारी गरिरहदा र यस विषयमा एलन मस्कलाई आंिशक सफलता हात लाग्दा चीनले भने पूर्ण सफलता हात पारेको छ ।
एआई रोबोटको क्षेत्रमा चीनले सबै देशलाई पछि पार्दै चीनका सडकमा रोबोट प्रहरी उतारेको छ । चीनको ग्वाङ्गडोङ्ग सेन्जेनमा एआई रोबोट तीव्र रुपमा चर्चामा आएको छ । सेन्जेनको नानशान जिल्लामा एउटा रोबोट कम्युनिटी वर्कर तथा प्रहरी अफिसरको रुपमा काम गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यो रोबोट डिपसिकको एड्भान्स लार्ज ल्याङग्वेज मोडलमा आधारित छ ।
यो एआई प्रविधिको प्रयोग फ्न्टियन जिल्लामा प्रशासनिक सुशासन तथा सार्वजनिक सेवालाई प्रभावकारी बनाउनका लागि गरिएको जनाइएको छ । सोमबार यसको एउटा भिडियो पनि जारी गरिएको छ । जसमा १.३८ मिटर अग्लो ह्युमनाइड देखिएको छ । भिडियोमा यो रोबोट प्रहरी अधिकारी र सर्वसाधारणसँग हात मिलाउदै गरेका देखिन्छ ।
चीनमा प्रयोग भईरहेको यो रोबोटलाई सेन्जेन इन्जिन एआई रोबोटिक टेक्नोलोजी कम्पनीले तयार गरेको हो । ग्लोबल टाइम्सको रिपोर्टका अनुसार कम्पनीका प्रवक्ताले यस्तो ३ वटा मावन आकृतिको रोबोट लञ्च गरिएको छ । लेटेस्ट भर्जनको नाम भने पीएम०१ रहेको छ । जसलाई वास्तविक संसारमा काम गर्नका लागि निर्माण गरिएको हो ।
यो रोबोट १.३८ मिटर अग्लो छ । जसको तौल लगभग ४० किलोग्राम रहेको छ । यो रोबोट २४ डिग्री अफ फ्रिडमसँग उपलब्ध छ । जसका कारण यसले दुई मिटर प्रति सेकेण्डको गति लिन सक्छ । यसको कम्मरमा ३२० डिग्रीको रोटेशनल मोटर लगाइएको छ । जसले कयौं प्रकारको मुभमेन्टमा यसलाई सहयोग गर्ने गर्छ ।
चीनमा रोबोटको प्रयोग भएको यो पहिलोपटक भने होइन । यसअघि पनि सेन्जेनमा रोबोट हिडेको देखिएको थियो । जुन भिडियो भाइरल भएको थियो । यसलाई यही कम्पनीले बनाएको थियो र यसको नाम एसई०१ राखिएको थियो । यसको लम्बाई १(७ मिटर थियो ।
कम्पनीले यो रोबोटले स्क्वाट्स,पुशअप, स्पिनिङ,रनिङ जस्ता कार्य गर्न सक्ने जनाएको थियो ।