सोमबार, असार २३,२०८२ 10:26:33
  • सोमबार, असार २३,२०८२ 10:26:33
Global IME Bank Limited

नेपालकै पहिलो राष्ट्रिय ई–स्पोट्स लिगलाई उत्कृष्ट बनाउँदै सामसुङ

Hyundai Nepal
नेपालकै पहिलो राष्ट्रिय ई–स्पोट्स लिगलाई उत्कृष्ट बनाउँदै सामसुङ
Nabil Bank Limited

काठमाण्डौ । नेपालको पहिलो राष्ट्रिय ई–स्पोट्स च्याम्पियनसिप फागुन ८ देखि १० गतेसम्म दशरथ रङ्गशाला, काठमाण्डौमा सुरु भएको छ । यो प्रतियोगितामा नेपालका उत्कृष्ट ई–स्पोट्र्स खेलाडीहरू पब्जी मोबाइल, मोबाइल लेजेन्ड्सः ब्यांगब्यांग, ई–फुटबल लगायतका ६ प्रमुख ई–गेमिङ टाइटलहरूमा प्रतिस्पर्धा गरिरहेका छन् । नवीनतम प्रविधि र नवचारको अगुवाई गर्ने सामसङ यस ऐतिहासिक इभेन्टको प्रमुख भाग बन्न पुगेको छ ।  जहाँ प्रोफेसनल गेमरहरूले हालै मात्र सार्वजनिक गरिएको ग्यालेक्सी एस२५ अल्ट्रामा प्रतिस्पर्धा गरिरहेका छन् भने प्रतियोगिताको ई–फुटबल ग्रान्ड फिनाले सामसुङ ग्यालेक्सी एस२५ अल्ट्रामा खेलिने छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस इभेन्टमा दर्शकहरूका लागि सामसुङ एक्सपिरिएन्स जोनहरू पनि उपलब्ध छन् । जहाँ दर्शकहरूले सामसुङका नवीनतम उपकरणहरू, र विशेष गरी ग्यालेक्सी एस२५ सिरिजलाई, प्रत्यक्ष रूपमा अनुभव गर्न सक्ने छन् ।  

नेपालको ई–स्पोट्स क्षेत्र तीव्र गतिमा अघि बढिरहेको छ, र सामसङ यो यात्रामा नेपाली गेमरहरूलाई यो नयाँ प्रविधिको साथ सहयोग गर्न पाउँदा गर्व गर्छ“, सामसङ नेपालका निर्देशक, प्रणय रत्न स्थापितले भने ।  

ई–स्पोट्स प्रतिस्पर्धाहरू मात्र नभई, यो इभेन्टमा दर्शकहरूको मनोरञ्जनका लागि वाङ्देन शेर्पा, कुमा सागर जस्ता चर्चित कलाकारहरूको सङ्गीतात्मक प्रस्तुति तथा फुड स्टलहरू, इन्टर एक्टिभ एक्सपिरियन्स जोनहरू, र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएका छन् ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.