सोमबार, फाल्गुन १२,२०८१ 01:18:35
IME remit
  • सोमबार, फाल्गुन १२,२०८१ 01:18:35
IME remit
Global IME Bank Limited

प्रमुख अमेरिकी सरकारी एजेन्सीहरुद्वारा मस्कको इमेलको जवाफ नदिन कर्मचारीहरुलाई निर्देशन

Hyundai Nepal
प्रमुख अमेरिकी सरकारी एजेन्सीहरुद्वारा मस्कको इमेलको जवाफ नदिन कर्मचारीहरुलाई निर्देशन
Nabil Bank Limited

काठमाण्डौ । ट्रम्प प्रशासन भित्रका प्रमुख अमेरिकी विभागहरूले कर्मचारीहरूलाई एलन मस्कको लागत कटौती पहलको शनिबारको इमेलको पालना नगर्न भनेका छन् । मस्कले कर्मचारीहरुलाई गत हप्तामा गरेका कामका बारेमा प्रश्न गरेका थिए।

एफबीआई, राज्य विभाग र पेन्टागन एजेन्सीहरूले कर्मचारीहरूलाई मस्कको इमेलको जवाफ नदिन निर्देशन दिएका हुन्। अन्य विभागका प्रमुखहरूले कर्मचारीहरूलाई मस्कको निर्देशनको पालना गर्न सल्लाह दिएका छने भने केहीले जवाफ दिनु अघि थप मार्गदर्शनको लागि पर्खन भनेका छन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

मस्कले सोमबार मध्यरातसम्म प्रतिक्रिया दिन असफल भए कर्मचारीले राजीनामा दिएका रूपमा व्याख्या गरिने बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा अझै टिप्पणी गरेका छैनन्।

मस्कको विवादास्पद निर्देशनले हजारौं सरकारी कर्मचारीहरुमा भ्रम पैदा गरेको छ । मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिशियन्सी (डोज) टास्क फोर्सले आक्रामक रूपमा सरकारी खर्च घटाउन बाहिरी प्रयासको नेतृत्व गरेको छ।

शनिबार साँझ लाखौं संघीय कर्मचारीहरूलाई पठाइएको सन्देश मस्कले आफ्नो सोशल मिडिया प्लेटफर्ममा पोस्ट गरेपछि बाहिरिएको हो ।  

मस्कले पठाएको इमेलमा कर्मचारीहरूलाई गोप्य जानकारी खुलासा नगरिकन पाँच बुलेट प्वइन्टहरुमा गत हप्ताबाट कर्मचारीहरूको उपलब्धिहरू व्याख्या गर्दै जवाफ दिन भनिएको छ ।  

अमेरिकी संघीय सरकारको मानव संसाधन एजेन्सी अफिस अफ पर्सनल म्यानेजमेन्ट (ओपीएम) ले इमेल प्रामाणिक भएको पुष्टि गरेको छ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.