आईतवार, बैशाख ६,२०८३ 10:54:49
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 10:54:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतबाट भियतनाम उडेको भाडा मात्र ११ रुपैयाँ !

Bizshala
भारतबाट भियतनाम उडेको भाडा मात्र ११ रुपैयाँ  !
Shivam Cement

काठमाण्डौ । अहिले हवाई टिकटको भाउ निकै नै माथि पुगिसकेको छ । यस्तो महंगीको बेलामा समेत केवल ११ रुपैयाँमा लामो दूरीको हवाई टिकट पाउन सकिन्छ भन्दा तपाईलाई पत्यार नलाग्ला । तर यदि तपाईंले उड्डयन कम्पनीहरूले गर्ने टिकट बिक्री तथा त्यसमा आउने अफरहरुतर्फ ध्यान दिनुभयो भने सस्तो दरमा पनि टिकट पाउन सक्नुहुन्छ ।  

उदाहरणका लागि, हालै भियतनामको एयरलाइन भियतजेटले भारतीयहरूका लागि होली सेल सुरु गरेको छ। यस अवसरमा, भारतीय यात्रुहरूका लागि एकतर्फी इकोनोमी क्लासको भाडा केवल रु ११ बाट सुरु हुँदैछ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

भियतजेटले भारतका सबै शहरहरूबाट भियतनामका शहरहरूमा हुने उडानहरूमा यो नियम लागू गरेको छ। यसमा, एकतर्फी इकोनोमी क्लासको भाडा ११ रुपैयाँबाट सुरु हुनेछ।  

यद्यपि, बिक्रीमा प्रस्ताव गरिएको भाडा रकमभन्दा बढी कर र अन्य विमानस्थल शुल्कहरू तिर्नुपर्नेछ। यो सीमित समयको अफर अहिले उपलब्ध छ र फेब्रुअरी २८, २०२५ सम्म चल्ने भारतीय मिडियाहरुले बताएका छन्। यस अफरअन्तर्गत, मार्च १० देखि सेप्टेम्बर ३०, २०२५ सम्म यात्रा गर्न सकिन्छ र यो भारतबाट भियतनामसम्मका सबै रुटहरूमा लागू हुने बताइएको छ।

CG Motors
Garima Development Bank
IME remit

भारतीय यात्रुहरूले नयाँ दिल्ली, मुम्बई, अहमदाबाद, कोच्चि, हैदराबाद र बेंगलुरुबाट भियतनामका प्रमुख शहरहरूः हनोई, भियतनामको राजधानी हो ची मिन्ह सिटी र दा नाङसम्मको उडानमा यो विशेष अफरको फाइदा लिन सक्छन्।  

टिकट बुकिङको लागि तपाईंले भियतजेटको आधिकारिक वेबसाइट (www.vietjetair.com) र भियतजेट एयरको मोबाइल एपमा जानुपर्नेछ।  

भियतजेट भारत र भियतनाम बीच सबैभन्दा धेरै उडानहरू गर्ने एयरलाइन बन्ने दिशामा निरन्तर अगाडि बढिरहेको छ। मार्च २०२५ मा, भियतजेटले बेंगलुरु र हैदराबादलाई हो ची मिन्ह सिटीसँग जोड्ने दुई नयाँ सिधा उडानहरू सुरु गर्नेछ। यससँगै, भारत-भियतनाम बीचको यसको नेटवर्कमा कुल १० वटा रुटहरू हुनेछन् र हरेक हप्ता ७८ उडानहरू सञ्चालन हुनेछन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.