बिहीबार, चैत्र २१,२०८१ 03:24:52
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:24:52
IME remit
Global IME Bank Limited

जीवन बीमकहरुले संकलन गरे झण्डै एक खर्ब प्रिमियम, सिटिजन र रिलायबल नेपालको व्यवसाय बृद्धि सर्वाधिक

Hyundai Nepal
जीवन बीमकहरुले संकलन गरे झण्डै एक खर्ब प्रिमियम, सिटिजन र रिलायबल नेपालको व्यवसाय बृद्धि सर्वाधिक
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले झण्डै एक खर्ब प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीनव बीमा कम्पनीले चालु आवको ७ महिनासम्ममा ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।  

यो बीमाशुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनाामा ९.७९ प्रतिशत बढी हो । गत आवको ७ महिनासम्ममा जीवन बीमकहरुले ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।  

सो अवधिसम्म आइपुग्दा सरकारी कम्पनी राष्ट्रिय जीवन बीमा र हिमालन लाइफ इन्स्योरेन्स बाहेक सबै बीमकले व्यवसाय बढाउन सफल भएका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

माघ महिनासम्ममा सर्वाधिक प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ रहेको छ । कम्पनीले सो अवधिसम्म २६ अर्ब ५४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको यो व्यवसाय गत आवको तुलनामा १२.०६ प्रतिशत बढी हो ।  

त्यस्तै, दोस्रो बढी प्रिमियम संकलन गर्नेमा नेशनल लाइफ रहेको छ ।कम्पनीले पनि सो अवधिसम्म ११ अर्ब २३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो रकम गत आवको तुलनामा ११.७८ प्रतिशत बढी हो ।  

यसका साथै एलआइसी नेपालले ११ अर्ब १७ करोड, हिमालयन लाइफले ९ अर्ब ९० करोड, सुर्यज्योति लाइफले ५ अर्ब ९५ करोड, एशियन लाइफले ५ अर्ब ७ करोड, सिटिजन लाइफले ३ अर्ब ९८ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९२ करोड, सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड, मेट लाइफले ३ अर्ब ३७ करोड, आइएमई लाइफले २ अर्ब ९० करोड, प्रुभ महालक्ष्मी लाइफले २ अर्ब ८५ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ७९ करोड र सन नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय बढाउनेमा भने सिटिजन लाइफ अघि रहेको छ । गत आवको ७ महिनासम्म ३ अर्ब २६ करोड रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको यस कम्पनीले यस अवधिसम्म आइपुग्दा २२ प्रतिशतले व्यवसाय बढाएर ३ अर्ब ९८ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ ।  

त्यस्तै, दोस्रो बढी व्यवसाय बढाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले पनि गत आवको तुलनामा २०.८९ प्रतिशतले व्यवसाय बढाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.