शुक्रबार, बैशाख ४,२०८३ 07:02:03
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 07:02:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकी भन्सार शुल्कप्रति चीनको प्रतिक्रिया, ‘दुई देशबीचको वार्तामा गम्भीर असर पर्नसक्छ’

Bizshala
अमेरिकी भन्सार शुल्कप्रति चीनको प्रतिक्रिया, ‘दुई देशबीचको वार्तामा गम्भीर असर पर्नसक्छ’
Shivam Cement

काठमाण्डौ । चीनले अमेरिकी राष्ट्रपतिले लगाएको ट्यारिफको विषयमा प्रतिक्रिया जनाएको छ । बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा १० प्रतिशत थप कर लगाउने घोषणा गरेका थिए । अहिले चीनले यसबारे प्रतिक्रिया दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले थप भन्सार शुल्कले दुई देशबीचको वार्तामा गम्भीर असर पर्ने बताएका छन्। अमेरिकाले यसअघि नै चीनबाट आउने सामानमा कर लगाएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसबाहेक चीनको विदेश मन्त्रालयले पनि उइगर मुस्लिमबारे अमेरिकाको बयानलाई अस्वीकार गरेको छ । अमेरिकाले चीनले उइघुर मुस्लिममाथि नरसंहार गरिरहेको बताएको थियो । जवाफमा चीनको विदेश मन्त्रालयले अमेरिकाको आरोप ‘शताब्दीकै सबैभन्दा ठूलो झूट’ भएको बताएको छ ।  

चिनियाँ विदेश मन्त्रालयले सिनजियाङको बारेमा राजनीतिज्ञहरूले झुट फैलाउनू बन्द गर्नुपर्ने बताएको छ। चीन मा अतिरिक्त ट्यारिफ यसअघि बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा १० प्रतिशत थप कर लगाउने बताएका थिए ।

CG Motors
Garima Development Bank
IME remit

ट्रम्पको आदेशपछि चिनियाँ आयातमा १० प्रतिशत कर लागु भइसकेको छ । ट्रम्पले बिहीबार चीन र मेक्सिकोमा कूल २५ प्रतिशतसम्म कर लगाउन सक्ने बताएका छन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.