आईतवार, बैशाख ६,२०८३ 11:39:39
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:39:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१४ औं सन्तानको पिता बने मस्क

Bizshala
१४ औं सन्तानको पिता बने मस्क
Shivam Cement

काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्क १४ औं सन्तानको पिता बनेका छन् । मस्कको कम्पनी न्यूरोलिंककी कार्यकारी शिवान जिलिसले मस्कको १४ औं सन्तानलाई जन्म दिएकी हुन् ।  

१४ औं स्न्तानको नाम सेल्डन लाइकर्गस राखिएको छ । शिवान जिलिसले गत शुक्रबार एक्समार्फत यसबारे जानकारी दिएकी हुन् । यद्यपी उनले बच्चाको जन्म महिले भएको हो भन्ने बारे केही पनि खुलाएकी छैनन् ।  

शिवान र मस्कको पहिलेदेखि नै ३ वटा बच्चा छन् । जसमध्ये दुईवटा जुम्ल्याहा–स्ट्राइडर र एज्योर र छोरी अर्काडिया रहेका छन् । जुम्ल्याहा सन्तानको जन्म सन् २०२१ मा भएको थियो भने छोरी अर्काडियाको जन्म गत वर्ष माबै भएको थियो ।  

गत फेब्रुअरीमा अमेरिकी सोसल मिडिया इन्फ्ल्युयन्सर  तथा लेखिका एस्ले क्लेयरले आफू टेस्ला कम्पनीका मालिक एलन मस्ककी छोरीको आमा भएको दाबी गरेकी थिइन् । उनले ५ महिनाअघि आफूले गाप्य रुपमा छोरीलाई जन्म दिएको बताएकी थिइन् । सुरक्षा र गापनियताका कारण आफूले यो जानकारी पहिले नदिएको उनले बताएकी थिइन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यदि क्लेयरको दाबी साचो हो भने उनीबाट जन्म लिएकी छोरी मस्कको १३ औं सन्तान हुन् ।  

मस्कको ३ महिला पार्टनरबाट १२ वटा सन्तान छन् ।  

सन् १९९० को दशकमा क्यानडाको क्वीन्स युनिभर्सिटीमा फिजिक्सको अध्ययनको क्रममा मस्को भेट अङ्ग्रेजी साहित्यकी विद्यार्थी जस्टिन विल्सनसँग भएको थियो । लामो समयको डेट भएपटि दुवै जनाले सन् २००० मा बिवाह गरेका थिए ।  

जसको दुई वर्षपछि छोरा नेवाडाको जन्म भएको थियो । तर १० साताको अवधिमा इन्फेन्ट डेथ सिन्ड्रोमका कारण नेवाडाको मृत्यु भएको थियो । सन् २००४ मा यो जोडीले आईभीएफका माध्यमबाट जुम्ल्याहा बच्चा जन्माएका थिए । जसको नाम भिभियन र ग्रिफिन हो । सन् २००६ मा तीन बच्चा काई स्याक्सन र डेमियनको पनि आईभीएफमार्फत जन्म भएको थियो । सन् २००८ मा मस्क र जस्टिन विल्सनको डिभोर्स भएको थियो ।  

CG Motors
Garima Development Bank
IME remit

त्यसपछि सन् २००८ मा मस्कले बेलायती स्टार तालुलाहसँग डेटिङ सुरु गरे । सन् २०१० मा दुवैको बिहे भयो । तथापी यो विवाह लामो समय टिकेन र दुवैले सन् २०१२ मा डिभोर्स गरे । सन् २०१३ मा फेरि दुवैले विवाह गरे । डिसेम्बर २०१४ मा तालुलाहले डिभोर्सका लागि आवेदन दिइन् तर त्यसको एक वर्षपछि फेरि उनी त्यो निर्णयबाट पछि हटिन् ।  

सन् २०१६ को मार्चमा उनले तेस्रोपटक डिभोर्सका लागि आवेदन दिइन् र यसपटक भने उनी मस्बाट अलग्गिइन् । तालुहालबाट भने कुनैपनि सन्तान छैनन् ।  

त्यपछि मस्कले सन् २०१६ को अन्त्य र २०१७ को सुरुवातमा नायिका एम्बर हर्डसँग डेट गरे । यो जोडी पनि सन् २०१७ को समरमा अलग भयो ।  

मस्कले सन् २०१८ मा गायिका ग्रिम्ससँग डेटिङ सुरु गरे । यो जोडीले सन् २०२० मा आफ्नो पहिलो सन्तानलाई जन्म दियो । यस्तै सन् २०२१ मा सेरोगेसीका माध्यमबाट अर्को सन्तानलाई पनि स्वागत गरे ।  

ग्रिम्ससँग मस्क सन् २०२२ मा अलग भए । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.