शुक्रबार, जेष्ठ १,२०८३ 06:56:21
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:56:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पूर्व सेबी प्रमुखविरुद्ध मुद्दा दर्ता गर्न आदेश, सेयर धोखाधडी र आर्थिक अनियमितता गरेको आरोप

Laxmi Sunrise Bank Limited
पूर्व सेबी प्रमुखविरुद्ध मुद्दा दर्ता गर्न आदेश, सेयर धोखाधडी र आर्थिक अनियमितता गरेको आरोप
Shivam Cement

काठमाण्डौ । मुम्बईको एक विशेष ‘एन्टी कर्प्सन कोर्ट’ले भारतको धितोपत्र बजार नियामक‘सेक्युरिटीज् एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)’ की पूर्व अध्यक्ष माधवी बुचविरुद्ध एफआईआर दर्ता गर्ने आदेश दिएको छ । सेयर बजार धोखाधडी तथा नियम उल्लंघन गरेको विषयमा अदालतले माधवीका साथै बम्बे स्टक एक्सचेञ्च(बीएसई) तथा सेबीका शीर्ष अधिकारीहरुविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको हो ।  

यो आदेश न्यायधिश एसई बांगरले ठाणेका पत्रबार सपन श्रीवास्तवका तर्फबाट परेको उजुरीको आधारमा दिएका हुन् । सपनले सेबीमाथि कम्पनीको लिस्टिङमा ठूलो परिणाममा आर्थिक घोटाला तथा भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

यसका साथै सेबी र कर्पोरेट संस्थाहरु मिलेर आर्थिक अनियमितता,इन्साइडर ट्रेडिङ तथा लिस्टिङपश्चात पब्लिक फण्डको अपचलन गरेको आरोप समेत लगाइएको छ ।  

सेबीले एक विज्ञप्ती जारी गर्दै मुम्बईको एसीबी अदालतको आदेशलाई चुनौति दिन छिट्टै नै उचित कदम चाल्ने जनाएको छ ।  

Bizshala
New Office
CG Motors

आरोपति सेबी पूर्वअध्यक्ष माधवी बुचले सन् १९८९ मा आईसीआईसीआई बैंकबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनी सन् २००७ देखि २००९ सम्म आईसीआईसीआई बैंकको कार्यकारी निर्देशक थिइन् । यस्तै उनी सन् २००९ देखि २०११ मे सम्म बैंकको सुरक्षाको म्यानेजिङ डाइरेक्टर समेत रहेकी थिइन् ।

सन् २०११ मा उनी सिंगापुर गइन् र त्यहाँ उनले ग्रेटर प्यासेफिक क्यापिटलमा काम गर्न थालिन् । उनीसँग वित्त क्षेत्रमा ३० वर्ष काम गरेको अनुभव छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

अमेरिकी कम्पनी हिन्डनबर्गले गत अगस्ट १९ मा एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो । जसमा सेबी प्रमुख  माधवी बुच र उनका पति धवल बुचको अडाणी ग्रुपसँग जोडिएको अफसोर कम्पनीमा स्वामित्व भएको उल्लेख गरिएको थियो ।  

यस्तै माधवी बुचविरुद्ध भारतको कङ्ग्रेस पार्टीले समेत आईसीआईसीआई बैंक लगायत ३ ठाउँबाट तलब लिएको आरोप लगाएको थियो ।  

माधवी बुच गत २८ फेब्रुअरीमा सेबी प्रमुख पदबाट अवकाश भएकी थिइन् । उनको स्थानमा भारत सरकारले वित्त सचिव तुहिन कान्त पाण्डेलाई सेबीको नयाँ प्रमुख नियुक्त गरेको छ । तुहिन आगामी ३ वर्षसम्म यो पदमा रहने छन् ।    

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X