सोमबार, श्रावण १८,२०८३ 03:37:18
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:37:18
Bizshala
Global IME Bank Limited

एन्ड्रोइड मोबाइलमा अब ८ वर्षसम्म अपरेटिङ सिस्टम अपडेट गर्न सकिने

एन्ड्रोइड मोबाइलमा अब ८ वर्षसम्म अपरेटिङ सिस्टम अपडेट गर्न सकिने
New Office

काठमाण्डौ । गूगलले मोबाइल प्रयोगकर्ताको आवश्यकतालाई मध्यनजर गर्दै क्वालकमसँग साझेदारी गरेको छ । यस साझेदारीले एन्ड्रोइड मोबाइल प्रयोगकर्तालाई ८ वर्षसम्मका लागि ओएस(अपरेटिङ सिस्टम’ अपडेट दिनेछ । यो साझेदारी आम प्रयोगकर्ताका लागि ठूलो कदम साबित हुने जनाइएको छ ।  

हाल भने अधिकांश कम्पनीहरुले केवल ३ वर्षसम्म अपरेटिङ सिस्टम दिईरहेका छन् । कम्पनीहरुले त्यसपछि एन्ड्रोइड ओएस अपडेट बन्द गर्ने गर्छन् । एकपटक ओएस अपडेट बन्द भयो भने मोबाइलमा नयाँ फिचर्स प्राप्त गर्न बन्द हुने गर्छ ।  

सन् २०२३ बाट मोबाइल उद्योगमा केही परिवर्तन देखिएको छ । जसमा सामसुङ तथा गूगलले एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि ७ वर्षसम्म अपेडेट दिने प्रतिवद्धता जनाएका थिए ।  

क्वाल्कमले यो साता एउटा प्रोग्रामको घोषणा गरेको थियो । जसमा एन्ड्रोइड अपडेटका लागि सपोर्टलाई लम्बाइदै छ । जुन अहिले स्न्यापड्रायगन ८ इलाइट प्रोसेसरसँग आउनेछ ।  

यसको अर्थ जुन मोबाइलमा स्न्यापड्रागन ८ इलाइट चिपसेट हुन्छ, त्यो ८ वर्षसम्म ओएस अपडेटका लागि योग्य हुनेछ । तथापी यसको अन्तिम निर्णय भने मोबाइल उत्पादक कम्पनीले लिनुपर्ने हुन्छ ।    

स्न्यापड्रागन ८ इलाइटको प्रयोग फ्ल्यागसिशप ह्याण्डसेटमा गर्ने गरिन्छ र यसको मूल्य पनि बढी हुने गर्छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.