शुक्रबार, बैशाख ४,२०८३ 05:31:22
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:31:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रम्पले संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दा हंगामा, डेमोक्र्याट सदस्यहरुले गरे बहिष्कार

Bizshala
ट्रम्पले संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दा हंगामा, डेमोक्र्याट सदस्यहरुले गरे बहिष्कार
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दैछन् । ट्रम्पको दोस्रो कार्यकालको यो पहिलो संयुक्त सत्र हो ।  

ट्रम्पले सम्बोधन गर्दै गर्दा रिपब्लिकन र डेमोक्र्याट बीचको तनाव सतहमा देखिएको छ । ट्रम्पले आफ्नो चुनावी जितको तारिफ गर्दै डेमोक्र्याटको आलोचना गरिरहेको बेला डेमोक्र्याट सदस्यहरूले नाराबाजी गर्न थाले ।

भाषण सुरु गरेको केही समयपछि ट्रम्प बीचमै रोकिनुपर्‍यो र स्पिकरले ट्रम्पलाई चिच्याइरहेका सिनेटर अल ग्रीनलाई बाहिर निकाल्न आदेश दिए। ग्रीन बिस्तारै सदनबाट बाहिर निस्किए। त्यसपछि ट्रम्पले आफ्नो भाषण जारी राखे।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

तर, प्रतिनिधिसभाका धेरै डेमोक्र्याट सदस्यले आफ्नो टिसर्ट र ब्लेजरमा ‘प्रतिरोध’ लेखेका थिए र सम्बोधन बहिष्कार गर्दै सदनबाट बाहिरिएका थिए । उनीहरुले ‘जनतामा सुरक्षाको भावना जगाउन पहिलो दिनदेखि एक सय कार्यकारी आदेश र चार सयभन्दा बढी प्रशासनिक निर्णय भएको बताए ।  

ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनलाई अमेरिकी राष्ट्रपतिको कार्यकालको इतिहासमा सबैभन्दा सफल दिन भएको दाबी गरेका छन् । आफूले पदभार ग्रहण गरेलगत्तै दक्षिणी सीमामा संकटकाल घोषणा गरेको र एक महिनाभित्रै गैरकानुनी सीमा नाका इतिहासमै सबैभन्दा कम भएको उनले बताए ।

CG Motors
Garima Development Bank
IME remit

ट्रम्पले आफूले पाँचौं पटक कांग्रेसलाई सम्बोधन गरिरहेको र डेमोक्र्याटिक सदस्यहरूलाई मिलेर काम गर्न अपिल गरेको बताए। ट्रम्पले वाक स्वतन्त्रतामा जोड दिदै ट्यारिफ लगाउने निर्णयको खुलेर बचाव गरेका छन् ।  राष्ट्रपति ट्रम्पले फेरि भारत,ची,क्यानडा र मेक्सिको लगायतका देशलाई निशाना बनाएका छन् र अप्रिल २ देखि पारस्परिक कर लगाउने घोषणा गरेका छन्।

उनले भने, ‘चीन, भारत, ब्राजिल, मेक्सिको र क्यानडालगायत धेरै देशले हामीभन्दा धेरै बढी कर लगाउँछन्।’ 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.