सोमबार, श्रावण १८,२०८३ 04:52:50
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:52:50
Bizshala
Global IME Bank Limited

इन्फिनिक्सले ल्यायो सोलार सेलबाट मोबाइल चार्ज हुने अवधारणा

इन्फिनिक्सले ल्यायो सोलार सेलबाट मोबाइल चार्ज हुने अवधारणा
New Office

काठमाण्डौ । चिनियाँ मोबाइल निर्माता कम्पनी इन्फिनिक्सले मोबाइल चार्ज गर्न सोलारको प्रयोग गर्ने योजना बनाएको छ । कम्पनीले हालै सम्पन्न ‘एमडब्लूसी २०२५ सोकेसमा’ यस्तो योजना सार्वजनिक गरेको हो ।  

कम्पनीले मोबाइलको पछिल्लो भागमा एकिकृत सोलार प्यानल लगाउने र सोलारबाट चार्ज हुने फोन केस प्रयोग गर्ने जनाएको छ । यो योजना हाल अवधारणाका रुपमा मात्रै रहेको छ । तर एमडब्लूसीमा देखाइएको डेमो भने युनिट वान भने सञ्चालनजन्य र यसको आईडिया चाखलाग्दो रहेको छ ।  

इन्फिनिक्सले यो सोलार उर्जालाई ‘रिजर्भिङ टेक्नोलोजी’को नाम दिएको छ । यसमा प्रयोग हुने सोलार सेलहरु परम्परागत सिलिकन सेलभन्दा उत्पादन गर्न सस्तो पर्ने जनाइएको छ । यो सेल त्यस्तो प्रणालीसँग जोडिने छ,जुन ‘म्याक्सिमम पावर प्वइन्ट ट्रयाकिङ’नामक भोल्टेजलाई रेगुलेट गर्न सहयोग गर्छ । घाममा बस्नु सोलार सेलका लागि फाइदाजनक भएपनि मोबाइल ओभर हिटिङ हुने भएकाले यो उपाय तापमानलाई व्यवस्थापन गर्दै पावर(उर्जा)लाई बढाउन उपयुक्त हुने जनाइएको छ ।  

यो प्रविधिले फोन २ वाटसम्म चार्ज हुनेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.