काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनि विक २०२५’ मनाउन आह्वान गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै वित्तीय प्रणालीमा आवद्ध तथा वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशिल सम्पूर्ण संघसंस्था र निकायहरुलाई यस अभियानमा सहभागी भई ‘ग्लोबल मनि विक २०२५’ भव्य रुपमा मनाउन आह्वान गरेको हो ।
बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ‘ग्लोबल मनी विक’ विश्वभर मनाउने गरिएको छ ।
हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा ग्लोबल मनी विक मनाइन्छ । यसै सन्दर्भमा आगामी मार्च १७ देखि २३ (२०८१ चैत ४ देखि १०) सम्म 'Think before you follow, wise money tomorrow' भन्ने नाराका साथ ग्लोबल मनी विकको १३ औं संस्करण मनाउन लागिएको हो ।
यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुने गर्छन् । नेपाल बीमा प्राधिकरण,नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गर्ने गर्छन् । साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्छन् यस अभियानअन्तर्गत बैंकिङ÷वित्तीय,पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिन्छन्।
‘ग्लोबल मनी विक’ मूलतःकिशोररकिशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका छ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।