काठमाण्डौ । ओरियण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानीका लागि आवश्यक कागजात पेस गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
कम्पनीले शीघ्र दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आएको भएतापनि आवश्यक कागजात समयमै उपलब्ध नभएका कारण शीघ्र दाबी भुक्तानीमा अझै केही समस्या रहेको जनाएको छ । कम्पनीले शीघ्र दाबी भुक्तानीको अभियानलाई सफल बनाउन बीमितहरुलाई आ–आफ्नो दाबीसाग सम्बन्धित कागजपत्रहरु पेस गर्न आग्रह गरेको छ ।
कम्पनीले यस्ता कागजात सूचना प्रकाशित भएको १५ दिनभित्र कम्पनीको नजिकको कार्यालयमा बुझाउन भनेको छ ।
निर्धारित समयभित्र कागजात पेस नभएमा नियमानुसार प्रक्रिया अघि बढाइने कम्पनीले उल्लेख गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।