काठमाण्डौ । युरोपेली युनियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफविरुद्ध कदम चालेको छ । युरोपेली युनियनले २८ अर्ब डलरबराबरको अमेरिकी वस्तुहरुमा(२६ बिलियन यूरो)को ट्यारिफ लगाउने निर्णय गरेको हो ।
युरोपेली युिनयनले आगामी महिनादेखि यो ट्यारिफ लगाउने निर्णय गरेको जनाइएको छ । डोनाल्ड ट्रम्पले युरोपेली स्टिल र आल्मुनियममा ट्यारिफ लगाउने घोषणा गरेसँगै य्रोपेली युनियनले जवाफी कदम चालेको हो । यो कदमले विश्व व्यापार युद्धको जोखिम झनै बढेको रिर्पाटमा जनाइएको छ ।
तर युरोपेली अधिकारीहरुले यस विषयमा छलफल गर्न तयार रहेको र उच्च ट्यारिफ कसबैको हितमा नभएको बताएका छन् ।
आल्मुनियम र स्टिलमा ट्यारिफ लगाउने ट्रम्पको निर्णय बुधबारदेखि लागू हुँदैछ ।