काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १६ गते) का लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३४ रुपैयाँ र बिक्रीदर १३३.९४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.६४ रुपैयाँ र बिक्रीदर १४४.२९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.८९ रुपैयाँ र बिक्रीदर १६८.६५ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.६२ रुपैयाँ र बिक्रीदर ८७.०१ रुपैयाँ रहेको छ ।
एक कतारी रियालको खरिददर ३६.२९ रुपैयाँ र बिक्रीदर ३६.४६ रुपैयाँ रहेको कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।