सोमबार, श्रावण १८,२०८३ 04:52:50
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:52:50
Bizshala
Global IME Bank Limited

बैशाख ५ र ६ गते सुर्खेतमा दोस्रो संस्करणको ‘डिजिटल कर्णाली कन्क्लेभ’ आयोजना हुँदै

बैशाख ५ र ६ गते सुर्खेतमा दोस्रो संस्करणको ‘डिजिटल कर्णाली कन्क्लेभ’ आयोजना हुँदै
New Office

काठमाण्डौ । वैशाख ५ र ६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको ‘डिजिटल कर्णाली कन्क्लेभ’ आयोजना हुने भएको छ । कर्णाली प्रदेश सरकार र आईसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा डिजिटल नेपाल कन्क्लेभ २०२५ हुने भएको हो ।  

बुधवार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश र आइसिटी फाउन्डेसन नेपालबीच कन्क्लेभ आयोजनाको लागि सम्झौता भएको छ ।

वीरेन्द्रनगरको सिद्दार्थ सन्नी रिसोर्टमा २ दिनसम्म चल्ने कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा वृहत छलफल हुनेछ । ‘इम्पावारिङ द फ्युचरः इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य बिषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न ४ किनोट प्रस्तुतिसँगै ८ बढी सेसनहरु रहनेछन ।  

कन्क्लेभमा ५० बढी विज्ञहरु राष्ट्रिय र अन्तरास्ट्रिय स्तरबाट बक्ताको रुपमा सहभागी हुनेछन् । कर्णाली प्रदेशका सम्पूर्ण स्थानीय सरकार, प्रदेशसभा, सरकारी र निजि क्षेत्रको उपस्थितिमा आयोजना हुने कार्यक्रम डिजिटल रुपान्तरणको लागि फलदायी हुने बिश्वास लिइएको आन्तरिक मामिला मन्त्रालयका सचिव पुस्पराज शाहीले बताए ।

डिजिटल रुपान्तरणको प्रयासमा विभिन्न अभियान र कार्यक्रमहरु सञ्चालन गरिरहेको आइसिटी फाउन्डेसनले कर्णालीलाइ बिशेष प्राथमिकताको साथ कर्णाली कन्क्लेभको आयोजना गर्न लागिएको अध्यक्ष राजन लम्सालले बताए । दोस्रो संस्करणले डिजिटल साक्षरता सँगै प्रदेशमा भएका विभिन्न सम्भावनालाइ उजागर गर्दै प्रविधि मार्फत जीवनस्तर सुदृण बनाउन सहजीकरण गर्ने लम्सालले बताए ।

डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल नेतृत्व, नीति, जनशक्ति, शिक्षा, कृषि, पर्यटन, डिजिटल हेल्थ,  इन्नोभेसन, उद्यमशीलता र ई(गर्भेन्सको विषयमा विभिन्न प्रस्तुति र प्यानल छलफल गरिने आयोजकले जनाएको छ ।

यसैगरी कर्णालीको लागि विकास गरिएका सोलुसन र आइडियाहरुको शोकस र प्रस्तुति पनि हुनेछ । यसको लागि कन्क्लेभको आधिकारिक वेबसाइट www.karnali.digital मार्फत डिजिटल सोलुसनरआइडिया को बारेमा जानकारी दर्ता गराउन सकिनेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.