काठमाण्डौ । सिन्धु विकास बैंक नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत विकास बैंक हो । यो बैंक २०६७ सालमा सिन्धुपालचोक जिल्लामा स्थिापित भएको थियो । यस बैंकका हाल २६ वटा शाखा रहेका छन् । बैंकले कर्जा परिचाल तथा निक्षेप संकल , रेमिट्यान्स र आश्वा सेवा दिँदै आएको छ ।
आधारभूत पक्षः
यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटन्डन अर्निङ ३१ करोड ८९ लाख नकारात्मक रहेको छ । यस्तै कम्पनीको कुल पूँजी ४१ करोड ३ लाख रुपैयाँ मात्रै रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको खुद मुनाफा ४ करोड ८७ लाख रुपैयाँ मात्रै रहेको छ भने वितरणयोग्य मुनाफा ३१ करोड ८९ लाख रुपैयाँ नकारात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७.४७ रुपैयाँ , बुक भ्यालु ७३.६२ र रिर्टन अन इक्विटी २३.७४ प्रतिशत रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा २०४ प्रतिशतले बढी हो ।
प्राविधिक पक्षः
हेड एण्ड सोल्डर प्याटर्न
सेयर बजारले बनाएको रेखालाई मानविय आकृतिसँग दाँजेर हेर्न पनि सकिन्छ । कुनै पनि कम्पनीको सेयरको मूल्य तथा सूचकलाई ट्रेन्डलाईनमा प्रस्तुत गर्दा बनेको आकृतिलाई मानिसको २ वटा काँध तथा टाउको जस्तो अर्थात पासपोर्ट फोटो जस्तो आकृति देखिएमा त्यसलाई ‘हेड एण्ड सोल्डर’ प्याटर्न भनिन्छ ।
यो कम्पनीको पछिल्लो मूल्यलाई नियाल्दा यस्तो प्याटर्न बनेको देखिन्छ । यसले अल्पकालमा सेयरको मूल्यमा बढोत्तरी आएतापनि दीर्घकालमा सेयरको भाउमा गिरावट आउन सक्ने बुझिन्छ ।
फियर एण्ड ग्रिड इन्डेक्स
फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल बियरिस सेन्टिमेन्टमा चलेको छ । यदि २० देखि ४० सम्म बियरिस,४० देखि ६० सम्म न्यूट्रल सेन्टिमेन्ट , ६० देखि ८० सम्म बुलिस सेन्टिमेन्टमा चलेको बुझिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य १३७० रुपैयाँ र न्यून मूल्य ३४१ रुपैयाँ रहेको छ ।

बोलिङ्गर ब्याण्ड ,म्याक्डि र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डबाट मध्य ब्याण्डतर्फ आकर्षित देखिन्छ । म्याक्डीमा वियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम पनि नकारात्मक बनेका छन् । आरएसआई ओभर बट जोनबाट खसेर हाल ५९ को तहमा चलको देखिन्छ । कम्पनीको सेयरमा बिस्तारै बिक्री दबाब आएको देखिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – १७१२
प्रतिरोध २ – १५३१
प्रतिरोध १– १३४३
पिभट् प्वइन्टः ११३९
घटेमा सपोर्ट
सपोर्ट १– ९७३
सपोर्ट २– ७९१
सपोर्ट ३ –६०३

निष्कर्षः आधारभूत रुपमा यो कम्पनीको वित्तीय अवस्था कमजोर देखिन्छ । कम्पनीको बुक भ्यालु ७३.६२ रुपैयाँ मात्रै रहेको छ । यसैगरि वितरणयोग्य मुनाफा र रिटेन्ड अर्निङ ऋणात्मक रहेको छ । यद्यपी कम्पनीको प्रतिसेयर आम्दानी १७.१७ रुपैयाँ रहेको छ भने रिर्टन अन इक्विटीमा भने अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार आएको देखिन्छ । कम्पनील विगत ५ वर्षदेखि कुनैपनि लाभांश बाढ्न सकेको छैन । प्राविधिक रुपमा यो कम्पनीको सेयरमा केही समय यता हेड एण्ड सोल्डर प्याटर्न बनेको छ । यसले अल्पकालमा कम्पनीको सेयरको मूल्य बढेता पनि दीर्घकालमा करेक्सन हुनसक्ने बुझिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।