काठमाण्डौ । माईखोला हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कपासनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले आयोगबाट शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयरको सार्वजनिक निष्काशनका लागी चैत ८ गते स्वीकृती पाएको हो ।
कम्पनीको चुक्तापुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति माग गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।