काठमाण्डौ । माईखोला हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कपासनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले आयोगबाट शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयरको सार्वजनिक निष्काशनका लागी चैत ८ गते स्वीकृती पाएको हो ।
कम्पनीको चुक्तापुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति माग गरेको थियो ।