शनिबार, बैशाख ५,२०८३ 04:34:29
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 04:34:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भेनेजुएलाबाट तेल खरिद गर्ने देशलाई २५% कर लगाउने ट्रम्पको घोषणा

Bizshala
भेनेजुएलाबाट तेल खरिद गर्ने देशलाई २५% कर लगाउने ट्रम्पको घोषणा
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल खरिद गर्ने देशहरूलाई २५ प्रतिशत कर लगाउने निर्णय गरेका छन् । ट्रम्पले सोमबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमार्फत यसबारे जानकारी दिएका हुन् ।  

ट्रम्पले लेखेका छन्, ‘भेनेजुएलाले संयुक्त राज्य अमेरिका र हामीले समर्थन गर्ने स्वतन्त्रताप्रति अत्यन्तै शत्रुतापूर्ण व्यवहार गरेको छ। त्यसैले भेनेजुएलाबाट तेल वा ग्यास खरिद गर्ने कुनै पनि देशले हाम्रो देशसँगको कुनै पनि व्यापारमा अमेरिकालाई २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ। सबै कागजातहरू हस्ताक्षर र दर्ता गरिनेछ। ट्यारिफहरू अप्रिल २ देखि अर्थात अमेरिकाको स्वतन्त्रता दिवसबाट लागू हुनेछन्।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ट्रम्पको यो भनाइ यस्तो समयमा आएको हो जब अवैध आप्रवासीलाई लिएर अमेरिका र भेनेजुएलाबीच तनाव उत्कर्षमा छ । ट्रम्पले आफ्नो पोस्टमा अवैध आप्रवासीको मुद्दा पनि उठाएका छन् ।

ट्रम्पले दावी गरे, ‘भेनेजुएलाले जानीजानी र जालसाजीपूर्वक दशौं हजार गम्भीर अपराधीहरूलाई देश निकाला गरेको छ । जसमध्ये धेरै हत्यारा र अत्यन्त हिंसात्मक व्यक्तिहरू छन्। संयुक्त राज्य अमेरिकामा निर्वासित गिरोहहरूमा ट्रेन डी अरागुआ पनि समावेश छन्। जसलाई ूविदेशी आतंकवादी संगठन तोकिएको छ। हामी तिनीहरूलाई भेनेजुएला फिर्ता पठाउने प्रक्रियामा छौं।’

CG Motors
Garima Development Bank
IME remit

यो निर्णयबाट अमेरिकालाई फाइदा हुने सम्भावना छ तर विश्व बजारमा तेलको मूल्य बढ्ने अनुमान गरिएको छ । साथै, ट्रम्पको यो निर्णयले एसियाली देशहरूलाई असर गर्न सक्ने र विश्व अर्थतन्त्रमा अनिश्चितता सिर्जना हुने खतरा बढेको विश्लेषकले बताएका छन् ।

भेनेजुएलाले ट्रम्पको २५ प्रतिशत ट्यारिफ निर्णयलाई अवैध र निराशाजनक भन्दै अस्वीकार गरेको छ । भेनेजुएलाको तेल भण्डार विश्वको सबैभन्दा ठूलो हो र तेल उत्पादनलाई भेनेजुएलाको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ।  

दक्षिण अमेरिकी देश भेनेजुएला तेलको स्रोतमा धनी छ र रुसको समर्थक मानिन्छ। अमेरिकाले भेनेजुएलामा निकोलस मदुरोको सरकारलाई मान्यता दिएको छैन।

ट्रम्पको यो निर्णयप्रति प्रतिक्रिया जनाउदै भेनेजुएलाले अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार नियमको घोर उल्लङ्घन गरिरहेको बताएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.