काठमाण्डौ । ‘अमेरिका फर्स्ट’को रणनीति अबलम्बन गर्दै कडा नीतिहरुका साथ प्रस्तुत भईरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका अटो निर्माता कम्पनीहरुलाई पनि झट्का दिएका छन् ।
ट्रम्पले बुधबार अमेरिका आयात हुने अटो निर्माता कम्पनीहरुलाई २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् । नयाँ ट्यारिफ अप्रिल २ गतेदेखि लागू हुने ट्रम्पले बताएका छन् । कारहरुको पाट्समाथि भने मे वा यसपश्चातदेखि लागू हुने उनले बताए ।
ट्रम्पको यो निर्णयले अमेरिकी ग्राहकहरुलाई कारको खरिद महङ्गो पर्ने जनाइएको छ । ट्रम्पले ट्यारिफलाई आफूले प्रतिवद्धता जनाएको कर कटौतीका लागि आम्दानी बढाउने माध्यमका रुपमा लिएका छन् । यस्तै उनले यसले लामो समयदेखि घट्दो क्रममा रहेको औद्योगिक क्रियाकलाप बढाउने विश्वास समेत गरेका छन् ।
यद्यपी ट्रम्पको ट्यारिफ नितीको सवत्र विरोध भईरहेको छ । युरोपियन कमिशनका अध्यक्ष उर्सुला भोन डेर लियनले ट्रम्पको यो कदमलाई खराब व्यवसाय र ग्राहकका लागि गलत कदम भएको बताएका छन् ।
यस्तै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको कदमलाई क्यानडाका कामदारमाथिको प्रत्यक्ष आक्रमण भएको बताएका छन् । उनले आफ्ना कामदार, कम्पनी र देशको बचाव गर्ने समेत बताएका छन् ।