सोमबार, असार २३,२०८२ 12:58:26
  • सोमबार, असार २३,२०८२ 12:58:26
Global IME Bank Limited

कच्चा तेलको मूल्यमा गिरावट, प्रतिब्यारेल कति ?

Hyundai Nepal
कच्चा तेलको मूल्यमा गिरावट, प्रतिब्यारेल कति ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । पछिल्लो कारोबारमा ब्रेन्ट क्रुड र डब्लूटीआ्रई क्रुडको मूल्यमा गिरावट आएको हो ।  

ब्रेन्ट क्रुडको मूल्य ०.५४ प्रतिशत अर्थात ०.४० डलरले घटेको छ । ब्रेन्ट क्रुडको कारोबार प्रतिब्यारेल ७३.६३ डलरमा भईरहेको छ । यस्तै डब्लुटीआई क्रुडको मूल्य ०.८० प्रतिशत अर्थात ०.५६ डलरले घटेको छ । यो गिरावटसँगै डब्लुटीआई क्रुडको प्रतिब्यारेल ६९.३६ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अमेरिकाले आफ्ना व्यापार साझेदार राष्ट्रहरुमाथि आगामी अप्रिल २ देखि ट्यारिफ लगाउने बताएसँगै विश्व आर्थिक मन्दीको चपेटामा फस्ने डरका कारण कच्चा तेलको मूल्य खस्किएको जनाइएको छ ।  

साप्ताहिक रुपमा हेर्ने हो भने ब्रेन्ट क्रुड र डब्लूटीआई क्रुडको मूल्य बढेको छ । ब्रेन्ट क्रुडको मूल्य साप्ताहिक रुपमा १.९ प्रतिशत र डब्लूटीआई क्रुडको १.६ प्रतिशतले बढेको छ ।  

गत साता ट्रम्पले भेनेजुएलाबाट तेल खरिद गर्ने देशहरुलाई २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए । यो निर्णयले भेनेजुएलाको कच्चा तेल उत्पादन प्रतिदिन २ लाख ब्यारेलले घट्ने अनुमान गरिएको छ ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.