काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन १७ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयको दर अनुसार डलरको मूल्य बढेको हो ।
केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३८ रुपैयाँ र बिक्रीदर १३२.९८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.३४ रुपैयाँ र बिक्रीदर १३३.९४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.२० रुपैयाँ र बिक्रीदर १४३.८४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.४५ रुपैयाँ र बिक्रीदर १६८.२१ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.०५ रुपैयाँ र बिक्रीदर ८६.४४ रुपैयाँ रहेको छ ।
एक कतारी रियालको खरिददर ३६.३० रुपैयाँ र बिक्रीदर ३६.४७ रुपैयाँ रहेको कायम भएको छ । एक युएई डिरामको खरिददर ३६.०४ रुपैयाँ र बिक्रीदर ३६.२१ रुपैयाँ रहेको छ ।