शुक्रबार, बैशाख ४,२०८३ 05:26:26
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:26:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

म्याक्डीमा बुलिस क्रसओभर बन्दै गरेको सिईडिबि होल्डिङको आगामी यात्रा कस्तो ?

Bizshala
म्याक्डीमा बुलिस क्रसओभर बन्दै गरेको सिईडिबि होल्डिङको आगामी यात्रा कस्तो ?
Shivam Cement

काठमाण्डौ । सिईडिबि होल्डिङ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को लगानी समूहमा सूचीकृत एक पब्लिक लिमिटेड कम्पनी हो । यो कम्पनी जलविद्युत उत्पादनमा सहयोग गर्ने उद्देश्यले स्थापित कम्पनी हो । यो कम्पनी आइएसओ ९००१ प्रमाणित कम्पनी हो ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ६० करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको कुल पूँजी १ अर्ब ६३ करोड ४६ लाख पुगेको छ । कम्पनीको खुद मुनाफा २० करोड ९५ लाख रुपैयाँ रहेको छ ।  

यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी ४०.५१ पैसा रहेको छ । यो भनेको आघिल्लो आर्थिक वर्षको तुलनामा २१७ प्रतिशतले बढी हो । कम्पनीको बुक भ्यालु १५८ रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ४.५७ प्रतिशले कम हो । कम्पनीको रिटर्न अन इक्विटी २५.६३ प्रतिशत रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनमा २५२ प्रतिशतले बढी हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड इन्डेक्सः  

यो इन्डेक्समा यो कम्पनीको सेयरमूल्य न्यूट्रल सेन्टिमेन्टमा चलेको देखिन्छ । यो भनेको कम्पनीको सेयरमा कम्पनीको आकर्षण सामान्य रहेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य २४२८ रुपैयाँ रहेको छ भने न्यून मूल्य ६७३ रुपैयाँ रहेको छ । पछिल्लो एक वर्षको अवधिमा कम्पनीको सेयरमूल्य २६० प्रतिशतले बढेको छ । कम्पनीको शतप्रतिशत सेयर सर्वसाधारणमा परिणत भएको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल तल्लो ब्याण्डबाट फर्केर मध्य ब्याण्डमाथि लागेको छ । म्याक्डीमा बुलिस क्रसओभर बन्दै गरेको अवस्था छ । केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम नकारात्मक रहेता पनि छोटा–छोटा हुँदै गएका छन् । यसले सम्भाबित रुपमा बुलिस क्रसओभर बन्दै गरेको देखिन्छ । आरएसआई र मनीफ्लो इन्डेकसमा ‘डब्लु प्यार्टन’ बनेको छ ।

CG Motors
Garima Development Bank
IME remit

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २५१७

प्रतिरोध २ – २४०४

प्रतिरोध १–  २३३२

पिभट् प्वइन्टः २२२४

घटेमा सपोर्ट  

सपोर्ट १– २१५९

सपोर्ट २– २०४५

सपोर्ट  ३ –१९८०

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी राम्रै देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खूद मुनाफा र प्रतिसेयर आम्दानीमा उल्लेखनिय सुधार आएको छ । कम्पनीको रिटर्न अन इक्विटीमा पनि सृुधार आएको देखिन्छ भने बुक भ्यालु भने सामान्य घटेको छ । यस हिसाबले आधारभूत रुपमा कम्पनी ठीकै देखिन्छ ।  

प्राविधिक रुपमा हेर्दा कम्पनीको सेयर भ्यालु बिस्तारै अप ट्रेन्डमा देखिन्छ । विभिन्न इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भ्यालुमा अप ट्रेन्ड देखिन्छ । डाउ थेउरीबाट नियाल्दा हालसम्म कम्पनीको सेयर भ्यालुले हायर हाई र हायर लो का सिरिसजहरु बनाएको दखिन्छ । यसकारण ट्रेन्डलाइनबाट नियाल्दा पनि कम्पनीको सेयर भ्यालु अप ट्रेन्डमा नै देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.