सोमबार, फाल्गुन ४,२०८२ 10:38:52
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:38:52
Bizshala
Global IME Bank Limited

मन्त्रिपरिषद बैठक सुरुः गभर्नर नियुक्ति अन्यौलमा, नेप्सेको फाइनल हुनसक्ने

मन्त्रिपरिषद बैठक सुरुः गभर्नर नियुक्ति अन्यौलमा, नेप्सेको फाइनल हुनसक्ने
Shivam Cement

काठमाण्डौ । नियमित मन्त्रिपरिषद बैठक सुरु भएको छ ।  

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केहीबेरअघिबाट मन्त्रिपरिषद बैठक सुरु भएको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आजको नियमित क्याबिनेट बैठकमा नेपाल राष्टबैंकको गभर्नरको नियुक्ति हुनसक्ने सम्भावना थियो । तर, गभर्नर छनौट तथा सिफारिस समितिको बैठक बस्न नसकेको भन्दै गभर्नरको विषयमा आजै निर्णय हुने सम्भावना केही क्षीण रहेको बताइएको छ ।  

अर्थमन्त्रीले आज गभर्नर नियुक्त हुने सम्भावना अन्तिम अवस्थामा क्षीण भएको र त्यसको कारणको रुपमा सिफारिस समितिको बैठक बस्न नसक्नूलाई कारक माने पनि बिचौलियाहरुले आफ्नो उपयुक्त पात्रलाई अगाडि सारेको विषयमा चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले केही दिन कुर्ने मनशाय देखाएका स्रोतको दाबी छ । 'सिफारिस समितिको बैठक बस्न नसकेको दाबी गरिए पनि प्रधानमन्त्रीले चाहँदा आजै पनि नियुक्ति हुने झिनो सम्भावना चाहिँ जिवितै छ ।' स्रोतले भन्यो।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

 यस्तै, आजको मन्त्रिपरिषद बैठकले यसअघि निर्णय भएको भनिएको सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषय फाइनल हुने दाबी गरिएको छ ।  

आजको बैठकले भोलिदेखि प्रधानमन्त्रीले गर्ने थाइल्याण्ड भ्रमणको कार्यतालिका स्वीकृत गर्नेछ भने कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि दिने निर्णय गर्नेछ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.