काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । चैत १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले हकप्रद निष्कासनको प्रस्तावसहित विशेष साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी वैशाख ५ गते आयोजना हुनेछ । सभामा शतप्रतिशत(१ः१ अनुपात)हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गरिनेछ ।
उक्त सभा अयोजना प्रयोजनका लागि कम्पनीले यही चैत २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।