सोमबार, असार २,२०८२ 12:41:06
  • सोमबार, असार २,२०८२ 12:41:06
Global IME Bank Limited

अमेरिकाद्वारा १०% भन्सार शुल्क लिन सुरु

Hyundai Nepal
अमेरिकाद्वारा १०% भन्सार शुल्क लिन सुरु
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी भन्सार कार्यालयहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ट्यारिफ लिन सुरु गरेका छन् । भन्सार कार्यालयहरुले शनिबारदेखि धेरैजसो देशबाट आयात हुने वस्तुहरुमा १० प्रतिशत भन्सारशुल्क लिन सुरु गरेका हुन् ।  

तर ५७ वटा ठूला साझेदार देशहरुलाई भने आगामी सातादेखि भन्सार शुल्क लगाइने जनाइएको छ । ट्रम्पले गत बुधबार विभिन्न देशहरुलाई लगाइने ट्यारिफको सूची सार्वजनिक गरेका थिए । जसका कारण गत शुक्रबार अमेरिकी सेयर बजार मापक इन्डेक्स एस एण्ड पी५०० बाट लगानीकर्ताको ५ ट्रिलियन डलर स्वाहा भएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अमेरिकाको १० प्रतिशत भन्सारशुल्कबाट सबैभन्दा पहिलो प्रभावित हुने देशहरुमा अष्ट्रेलिया,बेलायत,ब्राजिल, कोलम्बिया,अर्जेन्टिना र साउदी अरेबिया रहेका छन् । यी देशहरु गत वर्ष अमेरिकासँग व्यापार घाटामा रहेका थिए ।  

अमेरिकाको भन्सार तथा सिमा सुरक्षा बुलेटिनले शनिबार अघि लोड भएका कार्गोहरुलाई ५१ दिनको ग्रेस अवधि प्रदान गरेको छ । यी कार्गोहरु १० प्रतिशत भन्सार शुल्कबाट बच्न मे २७ अघिसम्म अमेरिका आईपुग्नु पर्नेछ ।  

ट्रम्पको ११ देखि ५० प्रतिशतसम्मको उच्च रेसिप्रोकल ट्यारिफ भने यही साताको बुधबारदेखि कार्यान्वयनमा आउने जनाइएको छ । जसअन्तर्गत युरोपियन युनियनले २० प्रतिशत,चिनियाँ सामग्रीले ३४ प्रतिशत थप गरी जम्मा ५४ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ ।  

ट्रम्पको ट्यारिफ नीतिबाट सबैभन्दा धेरै चीन प्रभावित हुने देखिन्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.