काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूमा लगाइएको रेसिप्रोकल ट्यारिफ प्रभावकारी बन्दै गएको बताएका छन्। उनले यसलाई ‘सुन्दर कुरा’ भन्दै व्याख्या गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘चीन, युरोपेली संघ र अन्य धेरै देशहरूसँग हाम्रो ठूलो वित्तीय घाटा छ। यो समस्याको समाधान ट्यारिफबाट मात्र सम्भव छ। यसले अमेरिकामा अर्बौं डलर ल्याइरहेको छ।’
यस्तै उनले एक दिन मानिसहरूले आफूले लगाएको करहरू अमेरिकाको लागि सुन्दर पक्ष भएको तथ्यलाई स्वीकार्ने समेत बताए । ट्रम्पले धेरै युरोपेली र एशियाली देशहरूसँग कुराकानी गरेको दाबी गरे। ट्रम्पले भने अब यी सबै देश अमेरिकासँग ‘सम्झौता’ गर्न चाहन्छन् ।
उल्लेखनीय छ, अप्रिल २ मा अमेरिकाले विश्वका विभिन्न देशबाट अमेरिका आउने सामानमा आयात शुल्क लगाउने घोषणा गरेको थियो । अमेरिकाको यो कदमले विश्वमा व्यापार युिद्धको खतरा बढेको धेरै विज्ञहरुको धारण छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                